दक्षिण एसियाली भेट्रान्स टेबल टेनिस आजदेखि

काठमाडौ, ८ साउन/ नेपाल भेट्रान्स टेबल टेनिस सङ्घको आयोजनामा प्रथम दक्षिण एसियाली भेट्रान्स टेबल टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपालबाट २४, भारतबाट ४०, पाकिस्तानबाट दुई, माल्दिभ्सबाट छ र बङ्गलादेशबाट चार खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक नवीनबहादुर शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष ४० वर्षमाथि र ५० वर्षमाथि टिम र एकल तथा महिला ५० वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता पर्सीसम्मसम्म चल्नेछ । रासस