काठमाडौं, साउन ७ – व्यवस्थापिका संसदमा प्रधानमन्त्री विरुद्ध परेको अविश्वास प्रस्तावमाथि तीन दिन छलफल हुने भएको छ । आर्थिक विधेयकमाथि छलफल सकिएपछि सभामुख ओनसरी घर्तिले अविश्वास प्रस्तावमाथि छलफल सुरुवात गर्दै तीन दिनसम्म चल्ने जानकारी दिनुभयो ।
शुक्रबार, शनिबार र आइतबारसम्म छलफल भएपछि मात्र मतदान हुनेछ । यसअघि यो प्रस्तावमा बिहीबारदेखि शनिबारसम्म छलफल हुने भनिएको थियो । तर दलहरुबिच सहमति नजुटेपछि बिहीबार संसद बैठक नै सुरु हुन सकेन । सहमति लगत्तै शुक्रबार अविश्वास प्रस्तावमाथि संसदमा छलफल सुरु भएको छ ।
ujyaalo online