वृक्षारोपण गरी वीपी स्मृति दिवस मनाइयो

अर्जुन कार्की/खबर ‘वे’
बागलुङ, ६ साउन/ नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस धवलागिरीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा नेपाली काँग्रेस बागलुङ नगर समिति र नेपाली काग्रेस वडा समिति बानपा–१ को व्यवस्थापनमा बानपा १ रामरेखामा रहेको बिपी स्मृति पार्कमा वृक्षारोपण गरिएको छ ।
सो अवसरमा २८ वटा असोकाको विरुवा रोपिएको थियो । कार्यक्रममा पछि बोल्दै नेपाली काग्रेस जिल्ला सभापति दिपेन्द्र थापाले विपी कोईरालले अप्नाएको समाजवादी सिद्धान्तलाई जनस्तरसम्म पु¥याउन सवैले पहल गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा पूर्वसभापति तथा महाधिवेशन प्रतिनिधि मणीभद्र कँडेल, जगदिशचन्द्र उपाध्यय लगायतले बोल्नुभएको थियो । नगर समिति सभापति महेन्द्र आचार्यको अध्यक्षता, पार्वती आचार्यको स्वागत र वडा सभापति तेजेन्द्र आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो । जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता हुनुहुन्थ्यो ।

क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नुभएको थियो । कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो ।

नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो ।

उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन, बाबु, आमा र छोरा, नरेन्द्र दाई,तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन्

आजकै दिन अर्थात साउन ६ गते वीपी कोइरालाको देहवासान भएको थियो । उनको योगदानको स्मरणमा कांग्रेसले प्रत्यक बर्ष आजका दिन वीपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ ।