युवराज कंडेल/खबरवे
बागलुङ, ६ साउन
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बिच एक साता भित्रै एकता हुने भएको छ । दुबै पार्टीका शिर्ष नेता सम्मेलित वार्ता टोलीले ९ बुँदे समझदारी पत्र पार्टीका नेतृत्वलाई बुझाइ सकेकाले साउनेको १५ भित्रै पार्टी एकता हुन लागेको राप्रपाका सहायक महामन्त्री तथा वार्ता टोलीका सदस्य भुवन पाठकले जानकारी दिए ।
पार्टी स्थापनाको २७ बर्षको इतिहासमा केन्द्रीय प्रशिक्षण बिभागद्वारा जिल्लामा पहिलो पटक सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पाठकले साउन ११ गते दुबै पार्टीेको केन्द्रीय बैठकले ९ बुँदे समझदारीमा औपचारीक अनुमोदन गर्ने, १२ गते दुबै पार्टीको संयुतm बैठक बस्ने र सके १३ गते नत्र १५ गते भित्रै पार्टी एकता हुन लागेको बताए ।
उनका अनुसार हिन्दु राष्«ट कायम गर्ने मुख्य मुद्वा बनाएर तत्काल एकता घोषणा गर्ने र संघियता, गणतन्त्र, राजतन्त्रको बिषयमा ६ महिना भित्रै महाधिवेशन गरेर साझा धारणा बनाउने गरी एकता हुन लागेको जनाइएको छ ।
२ दिने चल्ने प्रशिक्षणको उदघाटनका क्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य एबं पुर्वमन्त्री भिम बहादुर गौचनले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि दुई पार्टी एकताको अभियान बागलुङबाट सुरु भइ अहिले अन्तीम चरणमा आएकाले अब नयाँ राजनैतीक अध्याय सुरु भएको बताए ।
टिकाराम थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेडीआइका राजनैतीक मामिला निर्देशक स्टेफेन सेर्लक, राप्रपाका केन्द्रिय सदस्य एबं प्रशिक्षण बिभागका धन बहादुर बुढा, केन्द्रिय सदस्य एबं सांस्कृतिक बिभाग प्रमुख राजेश गिरी र आमन्त्रित केन्द्रिय सदस्य दिपक कँुवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको स्वागत उपाध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र संचालन सचिव देवी प्रसाद कंडेलले गरेका थिए ।