राजेन्द्र ढकाल
बागलुङ, ६ साउन/ बागलुङ बलेवा सेवा समाज जापानले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेको छ ।
आपात–विपतको कुनै पनि बेला आफ्नो गाउँ ठाउँ देखि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको समाजले २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पको बेला भूकम्प पीडितहरुलाई सहयोग गर्ने सिलसिलामा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गिराउनचौर एकिकृत बस्तिलाई १ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकम संस्थाका उपाध्इक्ष राजु केसीले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेका थिए ।
बलेवा घरभई जापानमा बस्दै आईरहेकाहरुले धुर्मुस सुन्तलीलाई गिराउन चौर बस्ति निर्माणको लागि सहयोग गर्ने उद्देश्यले छोटो समयमै उक्त रकम संकलन गरेका थिए ।
उक्त अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले अभियानलाई सहयोग गर्नुहुने सम्पूर्ण जापानवासीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । यस्तै बलेवा समाज जापानले पनि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको बागलुङ बलेवा सेवा समाज जापनका महासचिव सेवक पिसीले कुराकानीमा जानकारी दिए ।