मालिका मन्दिरमा भक्तजनको भिड

म्याग्दीको दरबाङ, बिम र पाखापानी गाविसको सिमानामा अवस्थित प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित मालिका मन्दीरमा बैशाख पुर्णिमामा भक्तजनले पुजाआजा गरेका छन् ।

सयौं वर्षदेखि पुजा हुँदै आइरहेको मन्दिरमा पुगेका भक्तजनहरूको विश्वास अनुसार कम्तिमा तिन पटक त्यहाँ पुगेर मालिका मन्दिरको दर्शन गरेमा जुनसुकै मनोकामना पनि पुरा हुने धार्मिक विश्वासका साथ बालबालिका देखि बृद्धवृद्धासम्मले दर्शन गर्न आउने गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । पुजामा सयौंको सङ्ख्याका पशुपंक्षिको बली चढाइएको थियो ।

समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा रहेको मन्दीरमा जिल्लाका विभिन्न गाविसका साथै बागलुङ, पवर्त, नवलपरासी लगाएतका जिल्लाबाट समेत भक्तजन आएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजाले बेनीअनलाइनलाई बताए । उनका अनुसार करिव ७ हजारको हाराहारीमा भक्तजन आएको बताए ।
mandir
हरेक वर्ष कार्तिक पुर्णिमा, बैशाख पुर्णिमा र चण्डि पुर्णिमाका दिन सयौंको सङ्ख्याका पशुपंक्षिको बली चढाउने गरिन्छ । मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विश्वासका साथ सयौं वर्षदेखि पुजा हुँदै आइरहेको छ । भक्तजनलाई लक्षित गरेर २ वटा सत्तल बनाइएपनि अधिकाँस ओढार तथा खुल्ला आकासमा रात विताउनुपर्ने बाध्यता रहेको छ । भिमनाथ शर्मा