वुद्ध जयन्तिको अवसरमा बेनीमा शान्ति पदयात्रा

२६३८ औ वुद्ध जयन्ति एवं लुम्बीनी दिवस समारोह २०७१ को अवसरमा बुधबार बेनीमा शान्ति पदयात्रा गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीदेखि सुरु भएको पदयात्रा बजारका विभिन्न भाग परिक्रमा गरि बुद्धबिहारमा पुगेर समापन गरिएको थियो ।

नेपाल मगर विद्यार्थी संघ र नेपाल छन्त्याल संघ बेनीको संयोजनमा भएको पदयात्रामा बौद्ध धर्मसम्बन्धि संघ संस्थाका प्रतिनिधि, विद्यार्थी, राजनितिक दलका नेता, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो । पदयात्रापछि बुद्ध बिहारमा मुल कार्यक्रमको आयोजना गरि बुद्ध जयन्तिको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै संबिधानसभाका सदस्य नवराज शर्माले आगामी गौतमबुद्ध र वुद्धृत्वको प्रर्वधन गर्न सकेमा नेपालको धार्मीक एवं पर्यटन विकासमा ठूलो सम्भावना रहने बताए ।

सभाषद् शर्माले आगामी माघ महिनाभित्र सबै भाषाभाषी, धर्मवालम्बि, संस्कृती मान्नेहरुले अपनत्व गर्ने र सबैको अधिकारलाई सम्बोधन गर्ने संबिधान जारी हुने बताए । कार्यक्रममा भिक्षु मेघङ्कर, राजनितिक दलको तर्फबाट नेपाली काँग्रेस म्याग्दीका सभापति रेशमबहादुर बानिया, नेपाल रेडक्रस सोसाईटीका शाखा सभापति लेखबहादुर हमालले मन्तव्य व्यक्त गरेका थिए ।

बौद्ध सेवा समाज म्याग्दीका अध्यक्ष एवं वुद्ध जयन्ती तथा लुम्बीनी दिवस समारोह समिति २०७१ का संयोजक यजनलाल शाक्यको अध्यक्षता, सचिव याम शाक्यको सञ्चालन र संस्थापक अध्यक्ष प्रकाश कुमार श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा नागरीक समाजका सुर्दशनकुमार श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए ।