म्याग्दीको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित मालिकामा पुननिर्माण गरिएको मन्दिर र भक्तजनलाई बस्न बनाइएको सत्तलको विधिवत् उद्घाटन गरिएको छ ।
मन्दिरमा आयोजित समारोहमा जिल्ला विकास समिति म्याग्दीका समाजिक विकास अधिकृत हरिकृष्ण आर्चायले उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर्चायले जिल्लाकै एतिहाँसिक मन्दिरको पुर्वाधार विस्तारमा सरकारी निकायसँगै स्थानिय तथा भक्तजनको समेत सहयोग आवश्यकता रहेको बताउनुभयो ।
मन्दिर पुननिर्माणमा पर्यटन कार्यालय पोखरा ४ लाख ७५ हजार, भरत छन्त्यालले ५ लाखको लगानीमा खानेपानी,जिविस म्याग्दी १ लाख, आफ्नो मनोकामना पुरा भएको भन्दै विमका मनोज जुग्जालीले ५० हजार, देविस्थानकी नन्द देवी गुरूङले ७० हजार, म्याग्दी खच्चड ब्यवसायी समितिका कोषाध्यक्ष खगेन्द्र पाईजाद्धारा ८५ हजार सहयोग गरेका छन् । उद्घाटन कार्यक्रममा किसानी उच्च माविका प्रर्चाय जंगबहादुर गर्बुजा, पत्रकार हरिकृष्ण गौतम, निर्माण ब्यवसायी संघ म्याग्दीका प्रथम उपाध्यक्ष नाराय जिसी, विम, दरबाङ, पाखापानी आमा समुहका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजाको अध्यक्षता, सचिव ओमकार रोकाको स्वागत र सुरमन जुग्जालीको सञ्चालनमा सम्पन्न भएको थियो । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा रहेको मन्दीरमा बैशाख पुर्णिमामा दिन जिल्ला तथा देशका विभिन्न क्षेत्रबाट भक्तजनको भिड रहेको थियो ।