स्वरेज उरुग्वेको विश्वकप प्रारम्भीक टोलीमा

लिभरपुलका स्ट्राइकर लुईस स्वरेज आगामी विश्वकपका लागि उरुग्वेको २५ सदस्यीय प्रारम्भीक टोलीमा परेका छन् । उनीसँगै लिभरपुलका २३ वर्षका डिफेण्डर सेवास्टियन कोट्स पनि टोलीमा परेका छन् ।
यो सिजन निकै राम्रो र्फममा रहेका स्वरेजले प्रिमियर लिगको प्लेयर अफ दि इयर उपाधिमा हृयाटि्रक गरेका छन् । यो सिजनको सुरुवाती ६ खेल गुमाएर पनि ३१ गोल गरेका उनी सोमबार राति प्लेयर अफ दि इयर घोषित भएका थिए । पीएफए प्लेयर अफ दि इयर र फुटबल लेखक प्लेयर अफ दि इयरको उपाधि पनि स्वरेजले नै जितेका छन् ।
टोलीमा स्वरेजसँगै काभानी, एबल हर्नान्डेज, डिएगो फोर्लान र क्रिष्टियन स्टुआनी फवार्ड छन् । २३ सदस्यीय टोलीको घोषणा जुन २ मा हुनेछ ।