बौद्ध हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२६ सय ३८ औं बुद्ध जयन्ति तथा लुम्विनी दिवसको अवसर पारेर युवा बौद्ध संघ म्याग्दीको आयोजनामा मंगलवार अन्तरमावि स्तरीय बौद्ध हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बुद्धविहार परिसरमा जिल्लाका विभिन्न आठवटा विद्यालयहरुको सहभागिता रहेको सो कार्यक्रममा माउण्ट एभरेष्ट आवासीय उच्च मावि प्रथम, बेनी आवासीय मावि द्धितीय,न्यू वेष्ट प्वाइण्ट आवासीय उमावि तृतीय र लोकदीप आवासीय माविले शान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोतिामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुनेले क्रमशः २ हजार, १५ सय , १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ ।10269482_768831146484486_3122679317327010844_n
कार्यक्रम युवा बौद्ध संघ बेनीका अध्यक्ष राजेश शाक्यको सभापतित्व,जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठको प्रमुख आतिथ्यता, सचिन शाक्यको स्वागत र लोकेश पुन मगरको संचालनमा सम्पन्न भएको थियो ।
यसैगरी मंगलवार विहान महिला बौद्धसंघको आयोजनामा बुद्ध पूजा,ज्ञानमाला भजन तथा धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ भने बुधवार विहान ७ बजे शान्ति पदयात्रा, बुद्ध विहार परिसर बेनीमा मूल कार्यक्रम , रथ यात्रा र साँझमा दिपावली गरिने म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्यले जानकारी दिनुभएको छ ।