प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय म्याग्दीको संयोजन र सिंगा स्रोतकेन्द्रको आयोजनामा सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षामा पहुँच वृद्धि गर्न उद्देश्यले स्थानीय सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले विद्यालय सेवा क्षेत्र भित्रका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न आग्रह गरेका छन् । त्यस्तै प्लान नेपालका शिक्षा संयोजक मन्दिरा न्यापानेले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षामा सहयोग गर्ने बताएकी छिन् ।
जिशिका म्याग्दीका स्रोतव्यक्ति डेकबहादुर बानियाँले निःशुल्क तथा आधारभूत शिक्षाको बारेमा सहजीकरण गरेका थिए । त्यस्तै सोही कार्यक्रममा शैक्षिक सत्र २०७१ मा सो गाविसका विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन, भर्ना अभियान अन्तिम चरणमा पु¥याउन, घरधुरी सर्वेक्षणमार्फत विद्यालयबाहिरका विद्यार्थीहरु पहिचान गरी उनीहरुलाई विद्यालयमा भर्ना गराउनका लागि आवश्यक सहयोग गर्ने प्लान नेपालले प्रतिबद्धता जनाएको छ ।
अभिमुखीकरणमा पुलाचौरका १२ र सिंगा गाविसका ५ गरी १७ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष, महिला सदस्य र गाविसका सचिव समेत गरी ४५ जनाको सहभागीता रहेको थियो । सिंगा स्रोतकेन्द्रका स्रोतव्यक्ति खिमनाथ शर्माको संयोजनमा सम्पन्न कार्यक्रममा धौलागिरि माविका प्रधानाध्यापक केशव रेग्मीले मन्तव्य राखेका थिए । प्रताप बानियाँ