आलु खेतीबाट ३ वर्षमै बने मालामाल

बेनीका एक व्यापारीको खच्चर गोठालाको रुपमा दश वर्षसम्म काम गरेर तीन वर्षअघि गाउँ फर्कीएका ४६ वर्षिय एक व्यक्तिकोे एकाएक परिचय फेरिएको छ । जीवीकोपार्जनका लागि एक दशकसम्म खच्चर गोठालो भएर काम गरेका पर्वतको शालीजा ८ तारेका छविलाल पाईजाले ब्यवसायीक आलु खेती गरेर सफल कृषकको आफनो पहिचान बनाएका हुन ।

बर्षौसम्म बाझिएर झाडीमा परिणत भएको पाखोबारी फाँडेर आलु लगायत तरकारी खेती सुरु गरेका पाईजाले छोटो समय मै लाखौ आम्दानी गरेर मालामाल भएका छन् ।

चार रोपनी जग्गामा आलुखेती गरेका उनले एक वर्षयता आलु र काउली बिक्री गरेर साढे तीन लाख रुपैया आम्दानी गरेको बताए । सुरुमा कुनै प्राबिधिक ज्ञान बिनानै आलु खेती सुरु गरेका पाइजाले जिल्ला कृषि विकास कार्यालय मार्फत आलु खेती सम्बिन्धि प्राबिधिक तालीम प्राप्त गरेपछि रोग खप्न सक्ने र बेमौसममा समेत आलु उत्पादन गर्न सफल भएको बताए ।

बेनी, बागलुङ र कुश्मामा आलु बिक्री गर्दै आएका पाईजाले बजारको समस्या नभएपनि कृषी उपज ढुवानी गर्न कठिन भएको अनुभव सुनाए । रोग खप्न सक्ने र बोमौसममा समेत आलु उत्पादन गरेको जानकारी पाएपछि अन्य ठाउँका कृषकहरुबाट तालीम र प्राबिधिक सहयोगका लागि अनुरोध आउन थालेपछि उनी उत्साहित बनेको बताए । सन्तोष गौतम