पर्यटक गाडीनै मापदण्ड अनुसारका छैनन

बेनी हुँदै जोमसोम जाने हरियो नम्बर प्लेट भएका पर्यटक गाडीको स्तर र मापदण्डको अनुगमन गर्न थालिएको छ । स्थानीय प्रशासनको निर्देशनमा म्याग्दीको बेनी र मुस्ताङको लेतेमा प्रहरी परिचालन गरेर पर्यटक गाडीले मापदण्ड पुरा गरे नगरेको अनुगमन गर्न थालीएको हो ।

बेनी जोमसोम सडकमा यात्रु बोक्ने विषयमा यातायात व्यवसायीबिच बिवाद उत्पन्न भएपछि स्थानीय यातायात व्यवसायीले पर्यटक गाडीलाई सहज रुपमा सञ्चालन हुन दिने र पर्यटक गाडीको स्तर अनुगमन गर्ने सहमति गरिएको थियो । पर्यटक गाडीको मापदण्ड अनुगमन हुन थालेपछि पोखरा हुँदै जोमसोम जाने पर्यटक गाडीको संख्या घट्न थालेको छ । अनुगमनपछि मापदण्ड पुरा नगरेका गाडी आउने क्रम घटेको छ भने पोखराबाट मुस्ताङ पर्यटक बोक्ने केही पर्यटक गाडीमा मापदण्ड अनुसारको पुर्वाधार नभएको पाइएको छ ।

IMG_1425पर्यटन सवारी सम्बन्धि पछिल्लो व्यवस्था अनुसार युरो थ्री मापदण्ड भएका, पाँच वर्ष भन्दा बढी समय प्रयोग नभएका, एयर ब्याक, एसी, औषधि लगायत आवश्यक पुर्बाधार नभएको पाइएको हो । अनुगमन हुन थालेपछि मापदण्ड पुरा नगरेका गाडी आउने क्रम घटेको र आएका केही गाडीमा नियममा उल्लेख भएअनुसारको पुर्वाधार नपाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरिक्षक केशरबहादुर मल्लले बताए ।

म्याग्दी र मुस्ताङका यातायात व्यवसायीले पर्यटक मापदण्ड पुरा नगरेका र आवश्यक पुर्वाधार नभएका एवं निजी गाडीले समेत यात्रु बोकेको भन्दा अनुगमनको माग गर्दै गत हप्ता आन्दोलन गरेका थिए । अनुगमन भएपनि मापदण्ड नपुगेका पर्यटक गाडीले महँगो भाडा लिने क्रममा नघटेकाले म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताए । सन्तोष गौतम