कर्मचारी संघद्धारा पुरुस्कार वितरण

प्रताप बानियाँ
वैशाख–२९, म्याग्दी ।
स्थानीय निकाय कर्मचारी संघ नेपाल जिल्ला समिति म्याग्दीले सोमबार बेनीमा एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरेको छ । संघद्धारा २०६९÷७० सालमा कटाएको चिठ्ठा उपहारबाट चिठ्ठा थुत्दा परेको उपहार म्याग्दीका विभिन्न ३ जनालाई वितरण गरिएको हो ।
पुरस्कार जित्नेहरुमा २०७० को पाँचौं पुरस्कारबाट पुलाचौर–५ चिप्लेटी म्याग्दीका हेमबहादुर खत्रीले क्यानुनको डिजिटल क्यामेरा जितेका छन् । त्यस्तै ०७० सालकै सान्त्वना पुरस्कार भित्तेघडी जित्नेमा बेनीबजारका देवी केसी र ०६९ सालको सान्त्वना पुरस्कार भित्तेघडी नै जित्नेमा रत्नेचौरका एकादन्त शर्मा रहेका छन् । DSC01328
उनीहरुलाई पुरुस्कार हस्तान्तरण गर्दै निमित्त स्थानीय विकास अधिकारी एवं प्रमुख जिल्ला इन्जिनियर ओमबहादुर केसीले पुरस्कारको राशीलाई बढाउनुपर्ने बताएका थिए । उनले आयोजक संस्था र पुरस्कार जित्नेहरुलाई धन्यवादज्ञापन समेत गरेका थिए ।
सोही कार्यक्रमको अवसरमा कर्मचारी संघका केन्द्रीय सदस्य राजेन्द्र आचार्यले तेस्रो केन्द्रीय परिषदबाट पारित वैठकका निर्णयहरु, माग तथा मुद्दा र २४ बुँदे ज्ञापनपत्र पढेर सुनाएका थिए । कार्यक्रम समितिका जिल्ला अध्यक्ष हरिकृष्ण आचार्यको अध्यक्षता र सचिव कृष्णबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।