व्यावसायिक तरकारी खेती तालिम

प्रताप बानियाँ
संगम म्याग्दीको आयोजनामा आइतबारदेखि जिल्लाको सिंगा–५ राक्सेमा मौसमी तथा बेमौसमी सिपमूलक व्यावसायिक तरकारी खेती तालिम सुरु भएको छ । स्थानीयस्तरका महिलाहरुलाई लघुउद्यमी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिममा तरकारीका जात तथा प्रकार, नर्सरीको तयारी÷व्यवस्थापन, व्याड बनाउने तरिका, तरकारी लगाउने विधि एवं उपयुक्त बिउ छनोट, वातावरण र हावापानीको सन्तुलन, माटोको अवस्था तथा मौसम अनुसारका तरकारी लगाउनेलगायतका विषयहरुमा सहजीकरण गरिने जिल्ला लघुउद्यमी संघ म्याग्दीका वरिष्ठ उद्यम सहजकर्ता होमदेवी खत्रीले जानकारी दिएकी छिन् ।
४ दिनसम्म चल्ने तालिममा सो वडाका १२ जना महिलाहरुको सक्रिय सहभागीता रहको आयोजकले जनाएको छ । तालिमको जिल्ला कृषि विकास कार्यालय म्याग्दी अन्तर्गत रहेको ज्यामरुककोटको कृषि सेवा केन्द्रका प्रमुख केशव बरालले सहजीकरण गरिरहेको बताइएको छ ।