म्यानचेष्टर सिटी प्रिमियर लिग च्याम्पियन,एथ्लेटिको मड्रिडले उपाधि पक्का गर्ने मौका गुमायो

म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । सिजनको अन्तिम खेलमा वेष्टहामलाई २-० ले पराजित गर्दै सिटीले पछिल्लो तीन वर्षमा दोस्रो पटक उपाधि जितेको हो ।
सिटीले पछिल्लो पटक २०११ मा उपाधि जितेको थियो । इम्यानुयल पेलेग्रिनी सिटीको प्रशिक्षक भएको पहिलो वर्षमा नै च्याम्पियन बनेको हो ।
घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा म्यानचेष्टर सिटीले ३९ औं मिनेटमा समिर नाजरीको गोलबाट अग्रता लिएको थियो । खेलको ४९ औं मिनेटमा कप्तान काम्पोनीले सिटीको अग्रता दोब्बर पारे ।
अभागी लिभरपुल उपविजेतामा सिमित
एक समय उपाधिको मुख्य दावेदार रहेको लिरभपुल भने उपविजेतामा सिमित भएको छ । यो सिजनको अन्तिम खेलमा न्यूक्यासललाई २-१ ले पराजित गरेपनि लिभरपुल च्याम्पियन बन्न सकेन ।
सन् १९९० पछि पहिलो पटक च्याम्पियन बन्ने सपना बोकेको लिभरपुलका लागि क्रिष्टल प्यालेससँगको बराबरी र चेल्सीसँगको हार निकै घातक बन्यो ।
कार्डिफलाई २-१ ले हराउँदै चेल्सी तेस्रो भएको छ भने चौथो स्थानमा रहेर लिग टुङ्ग्याउने क्रममा आर्सनलले नरवीचलाई २-० ले पाखा लगाएको छ ।
युनाइटेडले युरोपा लिग पनि गुमायो
म्यानचेष्टर सिटी च्याम्पियन बन्दा चिरप्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडले भने आगामी सिजन युरोपा लिग पनि गुमाएको छ । गत वर्षको विजेता उसले १९९५ पछि पहिलो पटक च्याम्पियन्स लिग गुमाएको छ ।
युरोपा लिगमा स्थान बनाउन उसले अन्तिम खेलमा साउथ हृयाम्पटनलाई हराएर मात्र नपुग्ने थियो, टोटनहृयामले एष्टनभिल्लासँगको खेल गुमाउनु पर्ने थियो । तर, युनाइटेड साउथहृयाम्पटनसँग १-१ को बराबरीमा राकियो भने एष्टनभिल्लालाई ३-० ले हराउँदै टोटनहृयामले लिगको छैटौं स्थानमा रहेर युरोपा लिगमा स्थान बनाएको छ ।
यो सिजन इंग्लिस प्रिमियर लिगमा नरवीचसँगै कार्डिफ र फुलहम रेलिगेशनमा परेका छन् ।
Atletico-Madrid
एथ्लेटिको मड्रिडले उपाधि पक्का गर्ने मौका गुमायो
एथ्लेटिको मड्रिडले बार्सिलोनासँगको खेल अघि नै स्पेनिस ला लिगाको उपाधि जित्ने मौका गुमाएको छ ।
आइतबार राति भएको खेलमा मालागासँग १–१ को बराबरी खेलेपछि एथ्लेटिको मड्रिडलाई उपाधिका लागि लिगको अन्तिम खेलमा बार्सिलोनासँग कम्तीमा बराबरी खेल्नु पर्ने भएको छ । हारले भने गोल अन्तरका आधारमा विजेता बन्नेछ ।
खेलमा अग्रता मालागाले लिएको थियो । ६५ औं मिनेटमा ग्यारिक सन्चेजले गोल गर्दै मालागालाई १–० को अग्रता दिलाए । तर, टोबी एल्डरवरिडले ७४ औं मिनेटमा बराबरी गोल फर्काए ।
एथ्लेटिको मड्रिड बराबरीमा रोकिँदा बार्सिलोनाले पनि अंक बराबरी गार्ने मौका गुमाएको छ । बार्सिलोना एल्चेसँग गोलरहित बराबरीमा रोकिएको छ । ३ अंकले पछि रहेको बार्सिलोनालाई अब उपाधि जित्न अन्तिम खेलमा जित्ने पर्ने दबाव भएको छ ।
रियल मड्रिड बाहिरियो
सेल्टाभियोसँग पराजित भएपछि रियल मड्रिड भने उपाधि होडबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड २–० ले पराजित भएको हो ।
हारपछि रियल एथ्लेटिको मड्रिडभन्दा ५ अंकले पछाडि परेको छ । लिग लिडर एथ्लेटिको मड्रिडको ८९ अंक भएको छ भने बार्सिलोनाको ८६ अंक छ । रियल भने ८४ अंकका साथ तेस्रो स्थानमा छ ।
– See more at: http://www.onlinekhabar.com/2014/05/198410/#sthash.VdCTG4qR.dpuf