सोवाङको डाँडोलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै चिमखोलावासी

म्याग्दीको चिमखोला गाविस वडा नं १,८ र ९ को सीमानामा पर्ने सोवाङगको डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न चिमखोलावासी लागि परेका छन् ।

चिमखोलावाट ८ घण्टाको उकालो चढेपछि पुग्नसकिने प्राकृतिक सुन्दरतालेयुक्त सोवाङगको डाँडोवाट म्याग्दीका दुई दर्जनभन्दा वढि गाविसहरु देखिनुका साथै मुस्ताङ, पर्वत, वागलुङ र काँस्की जिल्लाका केही गाउँहरु समेत देख्न सकिने स्थानीयले वताएका छन् ।

धौलागिरी आइसफल पर्यटक पदमार्गको मेन प्वाइण्ट मानिने सो स्थानवाट धौलागिरी, निलगिरी, माछापुच्छ«े, अन्नपूर्ण , गुर्जा लगाएतका हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्नुका साथै यार्सागुम्वा, पाँचऔले, निरमसी, रक्तमल, जटामसी लगाएतका बहुमुल्य जडिबुटी समेत पाइने स्थानीय वुद्धिप्रसाद पुनले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

यहाँवाट देशकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको समेत अवलोकन गर्न सकिने भएकोले सो स्थान पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु वन्न सक्ने भएकोले स्थानीय वासिन्दाहरु सो स्थानलाई पर्यटकीय क्षेत्र वनाउन लागि परेको जनाइएको छ ।