मलिकामा ७ लाखको लागतमा खानेपानी पुग्ने

म्याग्दीको प्रशिद्ध पर्यटकीय तथा धार्मिक स्थल मालिका मन्दिरमा बुटवल निवासी एक व्यक्तिले करिव ७ लाख रुपैयाँ खर्च गरेर खानेपानीको सुविधा पु¥याई दिनु हुने भएको छ ।

पूजाका लागि मालिका मन्दिरमा पुग्दा खानेपानीको अभाव देखेपछि म्याग्दीमा ससुराली भएका बुटवल निवासी भरत छन्त्यालले पाखापानी गाविसको ठाडाखानीको टापुवाट २ किलोमिटर दुरीमा रहेको मालिका मन्दिरमा खानेपानीको व्यवस्था गरिदिन लाग्नुभएको खानेपानी निर्माण समितिका अध्यक्ष भविलाल बुढाथोकीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।
???????????????????????????????
ठाडाखानीस्थित मालिका निमाविकी प्रअ खिममाया छन्त्यालसंग विवाहा गर्नुभएका भरतले खानेपानीको मुहानमा १ हजार लिटरको एक ड्रम र मुहानमा एक ड्रम राखेर पाइप मार्फत खानेपानीको सुविधा उपलव्ध गराइने वताउनुभयो ।

ठाडाखानीवाट मालिका सम्म पानी पु¥याउन सकिने प्राविधिकहरुले जनाएपछि खानेपानीको काम सुरु गरिएको स्थानीय दलमान छन्त्यालले बताउनुभयो । खानेपानी योजना निर्माणका लागि शनिवार उपभोक्ता समितिले पाइप, रड, सिमिण्ट र ड्रम लगाएतका निर्माण सामग्री खरिद गरि सकेको वताइएको छ ।