महिलालाई नेतृत्व तथा संस्थागत विकास तालिम

महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा नेतृत्व तथा संस्थागत विकास तालिम सुरु भएको छ । महिला सहकारी संस्थामा आबद्ध महिलाहरुको व्यक्तित्व, नेतृत्व तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहकारी, सहकारिता, सहकारीका सिद्धान्तहरु, महिला विकास कार्यक्रममा संस्थागत विकासका चरण र महत्व, नेतृत्व परिचय शैली तथा संस्थागत विकासमा नेतृत्वको भूमिका, सञ्चार, संस्थाको सैद्धान्तिक मानचित्र तथा रणनीतिलगायतका विषयहरुमा सहजीकरण गरिने आयोजकले जनाएको छ ।
???????????????????????????????
५ दिनसम्म चल्ने तालिममा जिल्लाका पुलाचौर, पिप्ले, रत्नेचौर, भकिम्ली, वेगखोला, दाना, ज्यामरुककोट, दग्नाम, घतान, सिंगा, नारच्याङ र बराङजा गाविसका २५ जना महिलाहरुको सक्रिय सहभागीता रहेको तालिम संयोजक तथा मुख्य महिला कार्यकर्ता विन्दु शर्माले जानकारी दिएकी छिन् ।
महिला तथा बालबालिका कार्यालयद्धारा प्रवद्र्धित १३ ओटा महिला सहकारीमा आबद्ध महिलाहरुको उपस्थिति रहेको छ । तालिमको महिला विकास अधिकृत निर्मला शर्मा र सुपरभाइजर विष्णुमाया पौडेलले सहजीकरण गर्ने बताइएको छ । प्रताप बानियाँ