एशिएनद्धारा केन्द्रीय सदस्य सम्मानित

प्रताप बानियाँ
वैशाख–२८, म्याग्दी ।
एशियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा म्याग्दीको आयोजनामा आइतबार बधाई तथा सम्मान एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं वार्षिक साधारणसभाबाट केन्द्रीय सदस्यमा निर्वाचित म्याग्दीका यूवा व्यवसायी प्रमोद श्रेष्ठलाई सम्मान गरिएको हो । DSC01291
सम्मानपछि बोल्दै केन्द्रीय सदस्य श्रेष्ठले आफुले पनि व्यवसाय र घरपरिवारको विमा गरेको भन्दै अरुलाई पनि सुरक्षित जीवनका लागि विमा गर्न आग्रह गरेका छन् । उनले अभिकर्ताले अरुलाई विमा गराउनका लागि आफुले सक्दो मेहेनत गर्नुपर्ने बताए ।
उनले विमा गर्ने कार्यलाई आधारभूत तहबाट अघि बढाउनुपर्ने बताउँदै धेरै ठाउँमा विमाले सहयोग गरेको धारणा राखेका थिए । हाल देशभर जम्मा ७ प्रतिशत जनताले विमा गरेकाले यसलाई बृद्धि गर्नुपर्ने र आवश्यक परेमा आफुले सक्दो सहयोग गर्ने उनको भनाई थियो ।
सोही कार्यक्रममा बोल्दै म्याग्दी उपशाखाका विजनेस म्यानेजर रामजीप्रसाद सुवेदीले विमाले बचत सङ्कलनको साथसाथै जोखिमको बहन गर्नसक्ने बताएका थिए । कार्यक्रममा पोखरा शाखाका प्रवन्धक प्रशान्तराज धमलाले कम्पनीले नयाँ वर्षमा विभिन्न योजनाहरु ल्याएको जानकारी दिँदै सबैलाई विमा गर्न र व्यवसायिक भएर लाग्न सुझाव दिएका थिए । DSC01281
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव कमल खत्रीले मन्तव्य राखेका थिए । शाखा प्रवन्धक धमलाको अध्यक्षता, कर्मचारी जमुना आचार्यको सञ्चालन र अभिकर्ता लक्ष्मी भण्डारी कार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।