म्यानचेष्टर सिटी वा लिभरपुल : को बन्ला च्याम्पियन ?

नाटकीय इंग्लिस प्रिमियर लिग सिजन आज सकिँदैछ, जसमा लिभरपुलभन्दा म्यानचेष्टर सिटी उपाधिको दावेदार देखिएको छ ।
घरेलु मैदानमा बेष्टह्यामसँग कम्तीमा बराबरी खेले सिटी च्याम्पियन बन्नेछ । सिटीले हारेको र न्यूक्यासललाई पराजित गर्न सकेको अवस्थामा भने लिभरपुल १९९० पछि पहिलो पटक च्याम्पियन बन्नेछ । चेल्सीसँगको हार र क्रिष्टल प्यालेससँगको बराबरी लिभरपुलका लागि उपाधि होडमा ठूलो धक्का थियो ।premier-league-final
अन्तिम खेल खेल्न बाँकी छँदा सिटीको ८३ अंक छ । लिभरपुलको ८१ अंक छ । लिभरपुल पराजित भएको अवस्थामा भने सिटी बेष्टह्यामसँग पराजित भएपछि विजेता बन्नेछ । लिभरपुल हारेको अवस्थामा जित हात पार्न सके चेल्सी उपविजेता बन्नेछ ।
म्यानचेष्टर सिटी उपाधिको मुख्य दावेदार बन्दा चिरप्रतिद्वन्द्वी च्यानष्टेर युनाइटेड भने बढीमा शीर्ष छ सम्म आउने सम्भावना छ । यो उसको १९९१ पछि अहिलेसम्मकै खराव सिजन हुनेछ ।
१९९५ पछि पहिलो पटक च्याम्पियन्स लिग खेल्नबाट बन्चित भएको युनाइटेडले युरोपा लिग खेल्ने पनि अझै निश्चित छैन । यसका लागि उसले साउथ ह्याम्पटनलाई हराएर मात्र पुग्दैन, टोटनह्यामले एस्टन भिल्लासँगको खेल गुमाउनुपर्छ ।
शीर्ष चारमा स्थान बनाएको आर्सनललाई हराएपनि नरवीच रेलिगेशनमा पर्ने पक्का छ । जितले जितका साथ प्रिमियर लिगबाट विदा लिनेछ । कार्डिफ र फुलहम यसअघि नै रेलिगेशनमा परिसकेका छन् ।