क्रिचियन भन्दै आफ्ना बालबालिकालाई खोप लगाउन अस्वीकार

म्याग्दीको विकट लुलाङ गाविसमा क्रिचियन धर्म मान्नेले खोप लगाउन नहुने भन्दै दुई अभिभावकले आफ्ना छोराछोरीलाई खोप लगाउन अस्वीकार गरेका छन् । गाविसको ३ नम्बर वडाकी प्रेमकुमारी सिङकिजाले आफ्नी २२ महिनाकी छोरी, १ नम्बर वडाकी तिलु पुनले १३ महिनाको छोरालाई आफ्नो परम्परामा खोप लगाउन नहुने पटकपटकको प्रस्ताव अस्वीकार गरेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका खोप सुपरभाईजर एकनारायण लम्सालले बताए ।

‘आफ्ना छोराछोरी जन्मजात सुरक्षित भएको भन्दै मान्नुभएन्’ । हामीले अझै प्रयास गरिरहेका छौ’ लम्सालले बेनीअनलाइनसँग भने । क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्ठकार, दादुरा, रुवेला, निमुनिया, हेपाटाईटिस वि लगाएतका खोप लगाउनुपर्नेमा धर्मको अन्धविश्वासमा खोप समेत नलगाएकाले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन सक्ने स्वास्थ्यमा गम्भिर समस्या देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

‘विकटबस्तीमा देखिएको यस्ता समस्यालाई गम्भिरतापुर्वक लिएका छौ’ । आफ्ना बालबालिकाको स्वास्थ्य सुरक्षामा अभिभावकले गम्भिरता देखाउनुपर्छ’ जिल्ला अस्पताल म्याग्दीका डाक्टर रोशन न्यौपानले भने । उनले १२ देखि २३ महिनाका एक बर्षमुनिका बालबालिकालाई एक बर्षभित्र लगाउनुपर्ने विभिन्न १० प्रकारका खोपको पहुँच पुगेपछि गाविसलाई खोपयुक्त घोषणा गरिने बताए ।
????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
दलित र जनजातिको बासोबास रहेको लुलाङका ६५ जना बालबालिकाले खोप लगाएका छन् । आफ्ना बालबालिकालाई खोप नलगाउने अभिभावकलाई गाउँमा हुने समाजिक कार्य तथा सुविधाबाट समेत बञ्चित बनाउने अभियान समेत सञ्चालन गरिएको छ । जिल्लाका घतान र राम्चे गाविस पुर्णखोप युक्त गाविस घोषणा गरिसकिएको छ भने १३ गाविस घोषणाका लागि तयारी अवस्थामा रहेको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
हरिकृष्ण गौतम