अमेरिकामा बिश्रुतले कुदाए इन्जिन बिनाको गाडी

बिकाश राज न्यौपाने
अमेरिका । अमेरिकाको टेक्सास राज्यको ‘कलेज स्टेसन’ शहरमा टेक्सास राज्यस्तरीय ‘साइन्स ओलम्पियाड’ प्रतियोगिता सम्पन्न भएको छ । स्कूल, आइ.एस.डी. हुँदै क्षेत्रीय प्रतिस्पर्धामा बिजयी हुँदै आएका सहभागीहरुबीच यो प्रतिस्पर्धा गराइएको हो । टेक्सास राज्यमा प्राइभेट, पब्लिक, चार्टर गरी ८००० भन्दा बढी स्कूलबाट छनौटमा परेका १२० टिमहरु यस प्रतियोगितामा सहभागि थिए।usa-2
गत मे २ र ३ मा भएको प्रतियोगितामा कोपेल आइ. एस. डी. अन्तर्गत ‘कोपेल मिडल स्कूल वेस्ट’ का कक्षा ६ मा अध्यनरत ११ बर्षिय बिश्रुत भट्टराईले ‘टेक्सास साइन्स ओलम्पियाड’ अन्तर्गत भएको क्षेत्रीय प्रतियोगितामा आफ्नै कक्षाका साथी ज्याकोव चापेलसंग मिलेर बनाएको ‘व्हिल्ड भेइकल’ नामक (इन्जिन बिना नै कुद्ने गाडी) यन्त्र दोश्रो स्थान प्राप्त गर्न सफल भएको थियो। त्यसै विजयका आधारमा उनीहरु टेक्सास राज्य स्तरीय ‘साइन्स ओलम्पियाड’ मा सहभागी भएका हुन्।
बिश्रुत तथा जेकबले बनाएको भेइकलमा ५ वटा पाङ्ग्राहरु छन् । जसमा अघिल्लो एउटा पाङ्ग्राले पावर स्टोरेज गर्छ, बिचका २ पाङ्ग्राले ब्रेक लगाउन र पछिल्लो २ पाङ्ग्राले सिधा लाइनमा कुदाउन भूमिका निभाउँछन् । रबर ब्याण्डले गियरलाई ट्वीस्ट गरेर पावर जेनेरेट गरि व्हीललाई धकेली भेइकल अगाडि बढ्न मदत गर्छ।usa-3
बिश्रुत तथा जेकब तोकिएको ९.५ मिटरसम्म सिधा लाइनमा यस भेइकल गुडाउन सफल भएका थिए। ९.५ मिटरमा अटोमेटिक ब्रेक लगेर रोकिने गरि बनाएको यो भेइकल आफूले चाहे अनुसार बिना इन्जिन नै जति पनि कुदाउन सकिने बताउँछन् बिश्रुत।
बिश्रुत तथा जेकोब को प्रस्तुतिले आफुहरु लाई निकै गौरवान्वित बनाएको बताइन् । कार्यक्रममा सहभागि एमएसआर्इ ‘कोपेल मिडल स्कूल वेस्ट’ शिक्षक वेथ मार्लो र जेसिया निलोलेले । राज्य स्तरीय १२० स्कूलहरुको यस प्रतियोगिता १४ औँ स्थानमा परेकोमा निकै खुशी ब्यक्त गरेका छन् बिश्रुतले ।usa-4
कार्यक्रममा दर्शककारुपमा सहभागी बिश्रुतका पिता विजयराज भट्टराईले आफू २००३ मा इञ्जिनियरिङ्ग क्याम्पस, पुल्चोक, नेपालमा ‘प्रथम अन्तरास्ट्रिय प्राबिधिक महोत्सब’ को आयोजक तथा २००४ भारतको आइआइटी मुम्बईमा ‘सार्क प्राबिधिक महोत्सब’ मा सहभागी भएको स्मरण गर्दै त्यसबेलाको कलेज स्तरीय प्रतिस्पर्दा भन्दा अहिले स्कूलका बच्चाहरु ‘क्रिएसन’ अझ उच्च पाएको अनुभव सुनाउनु भयो ।
बिश्रुत भट्टराई टेक्सास, कोपेल निवासी विजयराज भट्टराई तथा सबिता सुबेदीका छोरा हुन् । ३ बर्षको उमेरमा उनी अमेरिका आएका हुन्।usa-5