ए डिभिजन लिगबारे एन्फाले छलफल गर्ने

राष्ट्रिय लिग खेल्न नपाउने क्लवको गुनासो बढ्न थालेपछि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिगबारे छलफल गर्न बैठक डाकेको छ। राष्ट्रिय लिग अवधारणा सार्वजनिक गर्दै एन्फाले वैशाख ११ गते यो वर्ष ए डिभिजन लिग नगर्ने घोषणा गरेको थियो।

त्यो घोषणासँगै गत वर्ष ए डिभिजन हैसियतमा कायम ११ र बढुवा १ गरी १२ मध्ये ६ क्लवले यो वर्ष लिग खेल्न बाट वन्चित हुने अवस्था बनेको थियो।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले आइतबार ए डिभिजन क्लवको बैठक राखिएको जानकारी दिएका छन्।

फ्रेन्डस्, सरस्वती, हिमालयन शेर्पा र मछिन्द्र क्लवले गत वर्षको तयारी र पुरस्कार रकम उपलब्ध नगराएसम्म एन्फको कुनैपनि कार्यक्रममा भाग नलिने भन्दै गत वैशाख ७ गते ए डिभिजन क्लव बैठक बहिष्कार गरेका थिए। नागरिक दैनिकमा खबर छ ।