भारतको दिल्लीमा दुर्घटनामा परी मेरुडण्ड भा“चिएर उपचार गराईरखेका बागलुङ नगरपालिका ४ रात्माटाका वामनप्रसाद शर्माको थप उपचारका लागि आर्थिक सहयोग गर्न सहयोग समितिले सबैसंग अनुरोध गरेको छ ।
घरको आर्थिक अवस्थाले उपचार गर्न संभव नदेखिएपछि शर्माको उपचारका लागि कबिन्द्रप्रसाद शर्मा सापकोटाको संयोजकत्वमा २१ सदस्यीय वामन उपचार सहयोग समिति गठन गरिएको छ ।
सहयोग समितिको शुक्रवार बिहान बसेको वैठकले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ । सञ्चारमाध्यम र सञ्चारकर्मी पत्रकारहरुलाई २७ वर्षीय युवाको स्वास्थ्य उपचारका लागि वातावरण बनाइदिन वैठकले आव्हान गरेको छ ।
दिल्लीमा योग गर्ने समयमा भएको दुर्घटनामा घाईते भएका शर्माको भारत तथा नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा २५ लाख खर्च भैसकेको र आर्थिक अवस्था कमजोर वन्दै गएको तथा निको नभएकोले सहयोगको अपेक्षा गरिएको समितिले जनाएको छ ।
मेरुडण्ड भाचिएर दुई वर्ष देखि विस्तारामा सुतिरहेका शर्माको छाती देखी तलको भाग अचेत रहेको छ । खुट्टा चलेपनि नसाले काम नगरेकोले आफुले केही थाहा नपाउने उहाँले बताउनु भयो ।दुर्घटना पछि शर्माको दाहिने हात मात्र चल्दथ्यो, विस्तारै देब्रे हात चल्न थालेको छ । छाती भन्दा तलको भाग नचल्ने भएपछि ओछ्यानमै दिसा पिसाव गर्दै आएका शर्मालाई परिवारले सहयोग पु¥याएका छन् ।
घरमै औषधी सेवन गरीरहेका शर्मालाई मासिक २५ देखी ३० हजार खर्च लाग्ने गरेको छ । डाकटरहरुले भारतको दिल्लीमा लगेर थप उपचार गर्न सुझाव दिएको र विस्तारै सुधार पनि हुदै आएकाले उपचार गर्न भारत लैजाने तयारी भएको दाजु माधवप्रसाद सापकोटाले बताउनुभयो । दिल्लीमा मासिक १ लाख भारतीय रुपैया खर्च लाग्ने भएकाले सहयोग गर्न अपिल गरिएको उहाले बताउनु भयो ।
सहयोग संकलनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरी अभियान सञ्चालनको तयारी भैरहेको संयोजक कविन्द्रप्रसाद शर्मा सापकोटाले जानकारी दिनुभयो ।