बेनीअनलाइन डेक्स
म्याग्दीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई बिहिबार विभिन्न संघसंस्थाले सम्मान तथा विदाई कार्यक्रम गरेका छन् ।
२०६९ भदौ ८ गते म्याग्दीमा प्रजियको कार्यभार सम्हालेका कार्कीको सम्मानमा गरिएको कार्यक्रममा बोल्ने बक्ताले विवादरहित प्रजियको रुपमा पाएको बताएका थिए ।
कर्मचारी मिलनकेन्द्र र म्याग्दी उद्योग वाणिज्य संघले गरेका कार्यक्रममा राजनितिक दलमा समानधारणा, समाजिक, सांस्कृतिक लगाएतका क्षेत्रमा सक्रियतापुवर्क सहभागिताका साथै सेवामा प्रभावकारीता र सेवाग्राहीसँग सहज सम्बन्ध विस्तार गर्ने थोरै सिडियोमध्यमा आफ्नो नाम दर्ज गर्न सफल भएको भन्दै प्रसंसा गरेका थिए। प्रजिय कार्कीले आफ्नो कार्यकालमा तलवबाट प्राप्त रकमले राखुपिप्लेमा अवस्थित ज्ञानोदय माविका दृष्टिविहिन विद्यार्थी, ओमकुमारी पुन शान्ति उपचार समिति लगाएत विभिन्न क्षेत्रमा सहयोग गरेका थिए ।
‘उहाँजस्तो सिडियो सायदै कम हुन्छन्,’ । उहाँबाट राष्ट्रसेवक कर्मचारीले धेरै सिक्नुपर्छ’ नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले बेनीअनलाइनलाई भने । प्रजिय कार्कीले जिल्लाका विभिन्न गाविसमा सञ्चालित घुम्तीसेवा, जनताका समस्यालाई तत्काल समाधान गर्न अन्य विकासे कार्यालयलाई निर्देशन, विकास निर्माण तथा राष्ट्रिय गौरवका आयोजनाका विवाद अन्त्य गर्न समेत निरन्तर प्रयास सहित सफल समेत बनाएका थिए ।
त्यस्तै ग्रामिण क्षेत्रमा आयोजित कार्यक्रममा समेत प्रत्यक्ष सहभागिता जनाउने गरेका थिए । बेलाबेलामा नरम बन्दा सिभिल सिडियो हावी भएको गुनासो गर्ने गरिएको भएपनि त्यसलाई गलत सावित गर्दै जनताका हितमा हुने एजेण्डामा आफ्नो निर्णायक भुमिका प्रस्तुत गर्ने गरेका थिए । यसैविच बिहिबार जाँदाजाँदै प्रजिय कार्कीले तिनदिन देखि बन्द रहेको बेनीजोमसोम सडक सञ्चालन गर्ने सहमति गराएका छन् । प्रजिय कार्की मकवानपुर जिल्लामा सरुवा भएका छन् भने ३८ औ प्रजियका रुपमा टेकबहादुर केसी आइतबार आउँदैछन् ।