साथी हत्या अभियोगमा तीन युवा थुनामा

आफ्नै साथीको हत्या गरेको अभियोग लागेका पर्वतको लेकफाँटका तीन युवा पुर्पक्षका लागि थुनामा परेका छन । लेकफाँट – १ का भिमप्रसाद सुबेदी, लेकफाँट ३ का बिनोद सुबेदी र बिक्रम सुबेदी पर्वत जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा परेका हुन ।

पर्वत जिल्ला अदालतका न्यायधीश माधबेन्द्र रेग्मीको इजलासको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न लागिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । उनिहरुमाथि पर्वतको लेकफाँट गाबिस वडा नं ३ का १७ बर्षिय सुदिप मल्लको हत्या गरेको अभियोग लागेको छ ।

गएको चैत २२ गते घरबाट हराएका सुरज मल्ल लेकफाँट – ३ कै जंगलमा दुई दिन पछि २४ गते मृत अबस्थामा फेला परेका थिए । उनको टाउकेो फुटेको अबस्थामा फेला परेको थियो । मृतकका आफन्तले धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग लगाएका छन ।