बेनीअनलाइन डेक्स

नेपाल सरकारले देशभर नयाँ ७२ नगरपालिका थप गर्ने घोषणा गरेको छ । विहिबार मन्त्रिपरिषद्को बैठककले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्ताव बमोेजिम नयाँ नगरपालिक घोषणा गरेको हो । म्याग्दीको अर्थुङे, घतान, पुलाचौर, सिंगा,रत्नेचौर र ज्यामरुककोट गाविसलाई समेटेर बेनीनगरपालिका तोकिएको छ । यसअगाडी २०६८ साउन १ गते देखि लागु हुने गरी नगरपालिका घोषणा गरिएपनि कार्यान्वयन हुन सकेपनि जिल्ला मालपोत कार्यालयले नगरपालिकाकै हैसियतामा शुल्क लिने गरेको थियो ।
यसैविच बेनी नगरपालिका घोषणा गरेपनि कार्यालय राख्ने जग्गा भौतिक पुर्वाधार छैन् । अर्थुङ्गे गाविसको स्वामित्वमा ३ आनाको जग्गा मात्र छ । नगरपालिका घोषणाले बजार क्षेत्रमा उत्साह थपेसिन अधिकाँस ग्रामिणबस्ती नगरपालिकाको सेवा सुविधा वा कठिनाईबारे अनभिज्ञ छन् । विगतमा समेत नगरपालिका घोषणा भएपनि त्यसको कार्यान्वयन नभएकाले ग्रामिणबस्तीका जनताले यसको कार्यान्वयनमा समेत आशंका ब्यक्त गरिरहेका छन् । ‘नगरिकपालिका घोषणा खुसीको कुरा भएपनि जनतालाई अझै पनि ब्यवहारमा लागु हुनेमा शंका छ’ अभिवक्ता ठाकुरप्रसाद आर्चायले बेनीअनलाइनसँग भने । यसैविच बेनीनगरपालिकामा ११ वटा वडा रहनेछन् ।
जसमा अर्थुङ्गेमा ३ र अन्य गाविसमा दुईदुईवटा हुने बताइएको छ । प्रस्तावित नगरपालिका कार्यान्वयनमा आए नेपालमा नगरपालिकाको संख्याको १ सय ३० पुग्नेछ। यसअघि ५८ वटा नगरपालिका, एउटा महानगरपालिका र चार वटा उपमहानगरपालिका छन्। यसपछि पनि नगरपालिका नभएका जिल्ला १३ वटा हुनेछन्। मनाङ, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, कालीकोट, मुगु, रामेछाप, डोल्पा, सोलुखुम्बु, रसुवा र बाजुरा जिल्ला नगरपालिकाविहीन हुनेछन्।