म्याग्दी र मुस्ताङका यातायात ब्यवसायीले तिनदिन देखि बन्द गरेका बेनीजोमसोम सडक सहमति पछि खुलेको छ । म्याग्दी र मुस्ताङ प्रशासनमा हरियो नम्बर प्लेटका सवारीसाधनको मापदण्ड चेकजाँच गर्ने लिखित सहमति भएपछि यातायात सुचारु भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताए ।
यातायात ब्यवसायी, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय लगाएतको सहभागितामा भएको छलफलमा आगामी १५ दिनभित्र सहमति पुर्ण रुपमा कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाइएको प्रहरी नायव उपरिक्षक जर्नादन जिसीले बताए । ‘ दिर्घकालिन समाधानको उपाय खोज्ने छौ’ । सबै यात्रु गन्तब्यतर्फ लागेका छन्’ प्रनाउ जिसीले भने । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि। म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष सुरत केी लगाएत सरोकारवाला निकायको उपस्थिीतिमा हरियो प्लेटका सवारीसाधनका नाममा मापदण्ड नभएकालाई बेनीजोमसोम सडकमा सञ्चालन गर्न नदिन राजनीतिक दलले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै मुस्ताङमा भएको छलफलमा प्रशासनले लेते गाविसस्थित घाँसामा चेकजाँच गर्ने, पुर्णनिर्णयहरू कार्यान्वयन गर्ने सहमति जनाएपछि अलपत्र अवस्थामा रहेका यात्रु मुस्ताङ र म्याग्दीतर्फ लागेको अस्थाई प्रहरी चौकी घाँसा लेतका चौकीका सई केशव थापाले जानकारी दिए । म्याग्दी र मुस्ताङको सिमा क्षेत्र घाँसामा नेपाली र भारतीय गरी ४ सय यात्रु तिनदिन देखि अलपत्र परेका थिए । पर्यटन यातायात दर्ता तथा सञ्चालन कार्यविधि २०६८ अनुसार अग्नीनियन्त्रक, एयर ब्याक, एयर कुलर, यूरो ३ मापदण्ड लगाएतका योजना उल्लेख गरे अनुसारका पर्यटक बोक्ने सवारीलाई कुनै अवरोध नगरिएको यातायात ब्यवसायीले जनाएका छन् ।
हरिकृष्ण गौतम