म्याग्दीमा करोडौं लगानीमा सञ्चालन गरिएका सयुँक्त लगानी धरासय बन्दै जान थालेका छन् । सम्बन्धि क्षेत्रमा अनुभव, समय ब्यवस्थापन, लगानीकर्ता विच विवाद लगाएतका कारणले पछिल्ला पाँचबर्ष यता सञ्चालनमा आएका साना तथा ठुला उद्योगमा समस्या देखिएको हो । म्याग्दीकालि विल्र्डस प्रालि, मुक्तिनाथ फुड एण्ड बेभरेज,धौलागिरि हेचरी उद्योग लगाएत एक दर्जभन्दा बढि विभिन्न किसिमका उद्योग बन्द तथा ब्यवस्थापन हस्तान्तरण गरिएको हो ।
९ करोड लगानीमा स्थापना गरिएको म्याग्दीकाली, ३ करोडको एनआरएन, १ करोडको रगुगंगा विकास निर्माण सम्बन्धि हेभी इकुमेन्ट सम्बन्धि कम्पनी हुन् । म्याग्दीकालिमा उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष, पुर्व अध्यक्ष एवम् कार्यसमितिका सदस्यको लगानी छ । तिनवटैका लगानीकर्ताले सम्पत्ती बाँडफाँड गरेका छन् ।‘लगानीकर्ताले सयुँक्त ब्यवसायमा समय दिन सकेनन्, अनुभव नहुदाँ सञ्चालनमा समस्या भयो’ धौलागिरि हेचरी उद्योगका सञ्चालक सन्तोष रावलले बताउनुभयो ।
चितवनका ब्यापारीलाई २४ रोपनीमा फैलिएको हेचरी मासिक ९० हजार भाडामा उपलब्ध गराइएको छ । एकल ब्यवसायमा सफल भएकाहरूले पुँजी संकलन गरी सयुक्त ब्यवसाय सञ्चालन गर्ने गरेपनि राजनीतिक मतभेद,बजार ब्यवस्थापन र कर्मचारीको बेइमानीका कारण समेत बन्द गर्नुपरेको लगानीकर्ताको भनाई छ ।
‘लगानीकर्ता ब्यक्तिगत इच्छामा केन्द्रित हुदाँ उद्योग सञ्चालनमा समस्या हुनेरहेछ’ । हाम्रो उत्पादनको बजारमा उच्च माग हुदाँहुदै पनि बाध्य भएर बन्द गर्नुप¥यो’ पुनहिल पानी उत्पादन गर्ने मुक्तिनाथ फुड एण्ड बेभरेजका लगानीकर्ता बालकृष्ण सुबेदीले भन्नुभयो । ठुलासँगसँगै साना पुँजीमा सञ्चालित उद्योग ब्यवसाय समेत समस्या आउन थालेपछि पछिल्लो समय सामुहिक लगानीको आर्कषण घट्दै जान थालेको छ ।
हरिकृष्ण गौतम