हरिकृष्ण गौतम
ढिलासुस्ती र प्रयाप्त बजेटको अभावका कारण बहुप्रतिक्षित घोप्टेखोला खानेपानी आयोजनाले गति लिन सकेको छैन । आर्थिक बर्ष २०६२÷०६३ मा पाखापानी–१ र २ मा पर्ने घोप्टेखोलालाई मुहान बनाई पाखापानी,झि, पात्लेखेत, घतान, पूलाचौर र अर्थुङे गाविसका दश हजार ४ सय जनसँख्यालाई स्वच्छ र सुलभ पानी पु¥याउने सुरु गरिएको आयोजना सम्पन्न हुन अर्झै दुईबर्ष लाग्ने भएको छ ।
करिव ६४ प्रतिशत काम पूरा भएको अवस्थामा निर्माण गरिएको केही भौतिक पुर्वाधार भत्किदाँ समस्या भएको कार्यालयले जनाएको छ । निर्माण सुरु भएपछि आयोजनाको भौतिक पूर्वाधारमा अहिलेसम्म दुईकरोड १८ लाख ९८ हजार खर्च भईसकेको छ भने चालु आर्थिक बर्षमा ६५ लाख रुपैयाँ बजेट विनीयोजन भएकोमा वितरण पाईपलाईन, संकलन केन्द्र, धारा निर्माण भइरहेको आयोजनाका प्रमुख शेखरचन्द्र केसीले बताए ।
खानेपानीको पाईप विस्तारमा थप जनश्रमदानको प्रस्ताव लिएर मंगलबार कार्यालयमा आएका अर्थुङ्गे–६ का प्रेमलाल पौडेल र ओमबहादुर खत्री ।
आयोजनाको प्रभावित क्षेत्र अर्थुङे क्षेत्रमा मुख्य लाईन र ट्याङकी निर्माणको कार्य सम्पन्न भइसकेको उनले बताए । ‘स्थानिय र नेपाली सेनाले श्रमदान गरिरहनुभएको छ’ केसीले भने । आयोजनाको लक्षित ६ गाविसमध्ये अर्थुङे र पुलाचौरमा धेरै खानेपानीको समस्या छ । समयमै सम्पन्न गर्न प्रत्येक गाविसमा उपभोक्ता समिति र त्यसबाट चुनिएर मुल समिति गठन गरिएपनि समितिहरु बीच तालमेलको अभाब समेत ढिलाईको कारण भएको स्थानियको भनाई छ ।
कुल ४ करोड ६० लाख ५ हजार लागत रहेको आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले ९२ लाखको जनश्रमदान गरेको आयोजनाका सल्लाहकार ओमबहादुर खत्रीले बताए । आयोजना अन्र्तरगत अर्थुङ्गे–४ स्थित राममन्दिर देखि सातमारे भन्ने ठाउँसम्म नेपाली सेना र स्थानियबासी गरी २ सयको संख्यामा मंगलबार पाईपलाईन विस्तार गरिएको थियो । आयोजना निर्माणको क्रममा मुहान पर्ने पाखापानीका स्थानियले माग राखी पटकपटक अवरोध समेत गरेका थिए ।