ब्यवसायीद्धारा बेनी–जोमसोम सडक बन्द

म्याग्दी जिप तथा बस सञ्चालक समितिले मापदण्ड नपुगेका पर्यटक बोक्ने हरियो प्लेटका सवारीसाधन नरोकेको विरोधमा सोमबार देखि बेनीजोमसोम सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

पर्यटक बोक्ने नाममा मापदण्ड नपुगेका सवारीसाधनलाई रोक्ने प्रशासनले प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरृेकाले बाध्य भएर बन्दमा उत्रिनुपरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताए ।
IMG_1401
‘कुखुरा बोक्ने सवारीसाधनलाई समेत हरियो प्लेटको नम्बर दिइएको छ’ । जसका कारण यात्रु समेत ठगिएका छन्’ केसीले भने । समितिले सोमबार म्याग्दीका विभिन्न रुट बन्द गरेपनि मंगलबार देखि मुस्ताङ जाने सडक समिति र हरियो नम्बर भएका सवारीसाधन आगमनमा रोक लगाएका हुन् । यता प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले ब्यवसायीसँग सहमतिको प्रयास भइरहेको बताए । ‘ उहाँहरूका केही माग जायज देखिएको छ’ । प्रतिस्पर्धाको नाममा यातायातमा भएका विकृतिको अन्त्य गर्न हामीले प्रयास गरिरहेका छौ’ उनले भने । हरिकृष्ण गौतम