बेनी बसपार्कबाटै फर्किए विदेशी पर्यटक

बेनी–जोमसोम सडकखण्ड अन्र्तरगत बेनी बसपार्कमा रोकिएका हरियो नम्बर प्लेट भएका सवारीसाधन विभिन्न मुलुकका पर्यटक लिएर पोखरा नै फर्किएका छन् । म्याग्दीका यातायात ब्यवसायीको अवरोधका कारण ६६ जना पर्यटक बेनीस्थित कालिपुल बसपार्कबाटै फकिएका हुन् । जसमा ४२ थाई, १८ भारतीय र ६ जना अस्टे«लियन रहेको प्रहरीले जनाएको छ ।
10178118_1420409394894873_4546850108660016779_n
‘आफुँलाई फरक फकर सवारीमा लैजाने प्रयास गरिएको भन्दै पर्यटकले मुस्ताङ भ्रमण स्थगित गरेको पर्यटन ब्यवसायीले बताएका छन् । थाईल्याण्डका थाई पर्यटक लिएर आएको ग १ य ७२३, ७६४,४५४,७२८,६३४,५४४ र ६९९, भारतीय ग १ य ३०७,७६६,७५३, अस्टे«लियन नागरिक चढेको ७१५ नम्बरको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरिक्षक जर्नादन जिसीका अनुसार स्कटिङ गरेर भएपनि गन्तब्यसम्म पु¥याउने प्रयास गरेपनि पर्यटकले फिर्ता हुने इच्छा ब्यक्त गरेको बताए । उनले पोखराबाट मंगलबार पुन आउने बताएको समेत बेनीअनलाइनलाई जनाए ।
1557724_1420388824896930_2259424592086896983_n
पर्यटन यातायात दर्ता तथा सञ्चालन कार्यविधि २०६८ अनुसार तोकिएका मापदण्ड पुरा गरेर आएका सवारीसाधन नरोक्ने म्याग्दीका यातायात ब्यवसायीले समेत सहमति जनाएका छन् । यसैविच प्रशासनले मापदण्ड नभएका सवारीसाधनलाई समेत सहज आवतजावत गर्न दिएको भन्दै म्याग्दी जिप तथा बस सञ्चालक समितिले सोमबार अन्तारिक यातायात बन्द गरेर विरोध जनाएको छ ।
तस्विर सौजन्य रघु भण्डारी