२ सय २६ एचआइभी सङ्क्रमित

२२ बैशाख, बागलुङ । बागलुङमा २ सय २६ जना एचआइभी सङ्क्रमितको पहिचान भएको छ ।
गत आर्थिक वर्षभित्रमा जिल्लामा पहिचान भएका र उपचारमा रहेका गरी जम्मा २ सय २६ जनामा एचआइभीको सङ्क्रमण देखिएको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।
images
एचआइभी भएकामध्ये ९९ पुरुष र ९७ महिला रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै १६ वर्षमुनिका सङ्क्रमित बालबालिको सङ्ख्या ३० रहेको छ । जसमा २० बालक र १० बालिका रहेको समितिका संयोजक प्रदीप जिसीले जानकारी दिए ।
हाल १ सय ८ जनाले धौलागिरि अञ्चल अस्पतालबाट नियमित एआरभीको औषधि लिइरहेका छन् । तीमध्ये ५० पुरुष, ५२ महिला, पाँच बालक र एक बालिका रहेकी धौलागिरि अञ्चल अस्पताल एचआइभी विभागले जनाएको छ ।
विभिन्न जिल्लाबाट बागलुङमा आई अस्थायी रूपमा बसोबास गर्नेको समेत सङ्ख्या जोडेर कुल २ सय २६ जना रहेको र तीमध्ये बागलुङ जिल्ला स्थायी घर भएका करिब १ सय २१ जना रहेको जिसीले बताए ।
धौलागिरि अञ्चल अस्पतालले २०६४ सालदेखि सुरु गरेको एआरभी उपचार सेवाबाट धौलागिरि क्षेत्रका सङ्क्रमितले ठूलो राहत पाएको उहाँले बताउनुभयो । उपचारका लागि धौलागिरि अञ्चलमा आएर नाम दर्ता गराउने र औषधि उपचार सेवा लिने बाहिरी जिल्लाका पनि रहेका छन् ।
काठमाडौँ, विराटनगर, पोखरालगायतका ठूला सहरबाट आएका सङ्क्रमितले उपचार लिइरहेको छ । अञ्चल अस्पतालले पछिल्लो समयमा जिल्लामै सिडिफोर जाँच गर्ने प्रविधि भित्राएपछि उक्त जाँचका लागि सङ्क्रमित पोखरा जानुपर्ने बाध्यता पनि टरेको छ ।
onlinekhabar