म्याग्दीको पुलाचौर ७ डडुवामा जुवा तथा रक्सि निषेध का लागि सनिबार बिहान सचेतनामुलक र्यालीको आयोजना गरिएको छ । जनचेतना आमा समूह, ज्योति युवा क्लब , नागरिक वोड़ा मंच तथा सम्पूर्ण गाउबासीहरुको सक्रियतामा मदिरा निषेध कार्यक्रमले एक वर्षा पार गरेको अवसरमा ुुजुवा रक्सि बन्द गरौ, सभ्य समाज निर्माण गरौ लगायत अन्य विभिन्न नाराहरु सहित गाउ परिक्रमा गरिएको थियो ।
जुवा रक्सीका कारण गाउमा विभिन्न खाले बिकृतिहरु उत्पन्न भएकोले जुवा रक्सि बिनाको समाज निर्माण गर्ने उद्द्यस्यले गत बर्षदेखि गाउमा जुवा खेल्न तथा जांड रक्सि सेवन तथा बिक्रीवितरणमा रोक लागिएको थियो । र्यालीको समापन कार्यक्रम मा बोल्दै वडा नागरिक मंचका अध्यक्ष्य बल बहादुर बानिया, क्लब अध्यक्ष्य लाल बहादुर बानिया , आमा समूहकि अध्यक्ष्य मन कुमारी खत्री लगायतले गाउँमा जुवा रक्सि बन्द गराउने कार्यलाई निरन्तरता दिदै सभ्य समाज निर्माण गर्ने बतायका थिए । साथै सम्पूर्ण गाउलेहरु एकजुट भएमा पुलाचौर गाविस लाई नै मदिरा निषेधित गाविस बनाउन सकिने मा जोड दिए ।