छन्त्याल जातीको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखीझ्याल गुर्जा

धु्रबसागर शर्मा
प्रशस्तै पर्यटकीय सम्भावना, जैविक, साँस्कृतिक र मौलिक सम्पदाले सम्पन्न म्याग्दीको गुर्जा गाविसले विकासका पूर्वाधारको अभाव र भौगोलिक विकटताका कारण अझै पनि भिल्लाका देशमा मणिको नियति भोग्न वाध्य भएको छ ।
देशमा आश्चर्य लाग्दा राजनीतिक परिवर्तन भए । आर्थिक, सामाजिक र कृषि क्रान्तिका ठूलाठूला वहसहरु चले । पर्यटन व्यवसायलाई व्यवस्थित गरी पर्यटकहरुलाई जिल्लामा भित्राउने र आयआर्जन गर्ने भनेर विभिन्न एनजिओ,आइएनजिओहरु पनि खोलिए, तर यी सवै कुराहरुले गुर्जावासीको परम्परागत वाध्यतालाई छुनै नसकेका स्थानीय कमल छन्त्यालले वताउनु भयो ।
‘गुर्जा भन्दा माथि गाउँ छैन,टुपी भन्दा माथि ठाउँ छैन’ भन्ने उखानको समेत प्रतिनिधित्व गर्ने गुर्जा गाउँ भौगोलिक रुपमा त विकट छ, छ, राज्यको दुर्गम क्षेत्रलाई हेर्ने दृष्टिकोण र राजनीतिक दलहरुको अदूरदर्शिताका कारण प्रशस्त सम्भावनाहरु भएर पनि केही नभएको जस्तो निरीह वन्नु परेको स्थानीय वासिन्दाहरुको भनाई सुन्दा नमिठो लागे पनि यो तीतो यथार्थता भएको पत्रकार हरिकृष्ण गौतमले वताउनु भयो ।15662295
खाद्यान्न उत्पादनका हिसावले आलु, फापर, जौ , उवा र कोदो मात्र उत्पादन हुने र ती खाद्यान्नहरु गाउँदेखि टढा रहेको जमिनमा अलग अलग समयमा उत्पादन हुनेहुँदा स्थानीयहरु जुनवाली जहाँ पाक्छ त्यहाँ नै वसाइ सर्नुपर्ने वाध्यतामा रहेका छन् ।
विचित्र किसिमका वनस्पती, दुर्लभ वन्यजन्तु, भञ्याङ,लेक,पहाड र हिमाल मिश्रित भुगोल र सामाजिक संगोलले भरिपूर्ण गुर्जागाउँमा अभै पनि प्राचिन समाजका अवशेष भेट्न सकिने र यो गाउँ छन्त्याल जातीको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखीझ्याल पनि भएको जिल्लाका वुद्धिजीविहरुको भनाइ रहेको छ ।
गुजुमुज्ज परेका परम्परागत शैलीका घर भएको बाक्लो बस्ती, छन्त्याल समुदायको मौलिक संस्कृति, जिवनशैली, जैबिक बिबिधता र अनेकौं प्राकृतीक सुन्दरताले भरिपूर्ण भएपनि गुर्जाको पर्यटन विकासमा सरकारी निकायले चासो नदेखाएको स्थानीयबासीको गुनासो छ । कम अन्न उत्पादन हुने र खाद्यान्न उत्पादनमा भुगोलले साथ नदिने गाउँ भएकाले गुर्जालाई पर्यटकीय क्षेत्र घोषणा गर्न स्थानीय वासिन्दाहरुले माग गरेका छन् । gurja-himal2
वर्षौ पहिले खानी खनेर जिविकोपार्जन गर्ने छन्त्याल समुदायको जिवनशैली, उनीहरुको रहनसहन र संस्कार, हिमऋङ्खलाहरूको अवलोकन, तामा खानी, बनस्पती, पंक्षी र दुर्लभ बन्यजन्तु गुर्जा गाउँका पर्यटकीय आकर्षण रहेका गुर्जाका भूतपुर्व गाविस अध्यक्ष रिद्धबहादुर छन्त्यालले जानकारी दिनुभयो ।