निर्माणधिन जेष्ठ नागरिक आश्रम भवनको अनुगमन

भिमनाथ शर्मा

म्याग्दीको घतान गाविसस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरस्थित जेष्ठ नागरिक आश्रममा निर्माणधिन अवस्थामा रहेको भवनको जिल्लास्थित राजनीतिक दल, नागरिक समाज लगाएत अनुगमन टोलीले अनुगमन गरेको छ । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको लगानीमा निर्माण हुन लागेको भवनको प्रारम्भिक चरणको काम सन्तोषजनक रहेको राजनीतिक दलले बताउँदै निर्धारित समयमै काम सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
IMG_9748
अनुगमनमा नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नागरिक समाजका अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ त्यस्तै आश्रम ब्यवस्थापन समितिका अध्यक्ष रुद्धबहादुर कार्की, उपाध्यक्ष बमबहादुर पुन, सचिव खगराज प्रोखेल, कोषाध्यक्ष गौमायाँ गर्बुजा, सदस्य अमृतमान शेरचन, हरिकृष्ण गौतम, प्राविधिक कमल चोखाल, पौलस्त्य पुलाहआश्रम ब्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बानियाँको सहभागिता रहेको थियो । IMG_9751

सोही अवसरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका केसीले सम्झौता अनुसार काम सम्पन्न गरिने बताएका थिए । १८ कोठे बृद्धाआश्रमको लागत ७२ लाख रहेको छ । एनआरएन यूकेको जिल्लामा गरिएको यो पहिलो संस्थागत लगानी भएकाले आगामी दिनमा समेत लगानी भित्राउन सहज हुने गरी निर्माणलाई तिव्रता दिइएको आश्रमले जनाएको छ । भवनको एनआरएन अन्र्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले गरेका थिए ।