बुद्ध जयन्तीमा पाँच दिवसीय कार्यक्रम

२१ बैशाख, बागलुङ । बागलुङमा पाँच दिवसीय कार्यक्रम गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने भएको छ ।
दिवसका अवसरमा शान्तिदौड प्रतियोगिता, खुल्ला बुद्धिचाल प्रतियोगिता, अस्पतालका बिरामीलाई फलफूल वितरण, बौद्ध हाजिरीजवाफ रनिङ सिल्ड प्रतियोगिता, नृत्य प्रतिभा प्रतियोगिता, प्रभातफेरी, बुद्धपूजा, रथयात्रा, धर्मदेशना लगायतका कार्यक्रम आयोजना गरिने ज्ञानोदय विहारका अध्यक्ष मुकुन्द शाक्यले बताए ।
bud1233dha jayenti
यही वैशाख २७ गतेदेखि सुरु हुने पाँच दिवसीय कार्यक्रम ३१ गते सम्पन्न हुने उनले जानकारी दिए । २७ गते बिहान हुने शान्तिदौड प्रतियोगता मालढुङ्गादेखि ज्ञानोदय बुद्ध विहारको प्राङ्गणसम्म हुने जनाइएको छ ।
दौडमा प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुई हजार पुरस्कारको व्यवस्था गरिएको दौड प्रतियोगिताका संयोजक विकास शाक्यले बताए ।
सबै कार्यक्रमको पुरस्कार तथा व्यवस्थापनका लागि विभिन्न व्यक्तिले कोष स्थापना गरेर सहयोग प्रदान गर्दै आएको विहारले जनाएको छ । देशभर यही वैशाख ३१ गते बुद्ध जयन्ती पर्व मनाइँदैछ ।