विकास माग्दै काँग्रेस म्याग्दीको टोली विभिन्न मन्त्रालयमा

बेनीअनलाइन डेक्स

नेपाली काँग्रेस म्याग्दीको एक टोली जिल्लाको विकास योजनालाई प्राथमिकता दिन माग राख्दै राजधानी स्थीत मन्त्रालयहरुमा डेलीगेशन गएको छ ।
नेपाली काँग्रेस म्याग्दीका सभापति रेशमबहादुर बानियाको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीले आइतबार भौतिक योजना मन्त्री विमलेन्द्र निधीसँग बेनी–दरबाङ, बेनी– गलेश्वर सडकखण्ड कालोपत्रे, गलेश्वर– पिप्ले– दग्नाम हुदै कुईनेमंगले सडक, स्थानियको लगानीमा निर्मित सडकमा क्रमागत योजनाका साथै जिल्लाका ग्रामिण क्षेत्रमा जोड्ने सडकको स्तरउन्नती तथा जिल्लाका विभिन्न योजनाका बारेमा जानकारी गराएको पार्टी सचिव क्याप्टेन मिनबहादुर कार्कीले बेनीअनलाइनलाइ बताए ।

हामीले जिल्लाका अधिकाँस आवश्यकतालाई जानकारी गराएका छौ’ । मन्त्री यू सकारात्मक हुनुहुन्छ’ कार्कीले भने । त्यस्तै टोलीले सहरी विकास मन्त्री डाक्टर नारायण खड्कासँग बेनीबजार ब्यवस्थापन बसपार्क विस्तार, बावियाचौर, दरबाङ सहरी विकास योजना, देविस्थान खानेपानी योजना लगाएतमा प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग गरेका छन् ।

टोलीले म्याग्दी हुदै बागलुङ र रुकुम जोड्ने सडक, पिप्ले भगवती, दोवा गाविसमा रहेको मुक्तिनाथ गुठीको जग्गालाई रैकरमा परिणत लगाएतमा बारेमा राखेको अनुरोधलाई प्रधानन्त्रीले तत्काल पहल गर्ने प्रतिवद्धता समेत जनाएका टोलीमा सहभागि महिला संघकी यामकुमारी केसीले बेनीअनलाइनलाइ बताईन् ।

जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार डेलिगेशनमा पुगेको टोलीले प्रधानमन्त्री सुसिल कोईराला, स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सिचाई मन्त्री एनपि साउद समक्ष जिल्ला परिषद्बाट पारित भएका योजनाहरुलाई उच्च प्राथमिकताका साथ आगामी वर्षका कार्यक्रममा समावेश गर्ने माग गरेका थिए । ‘हाम्रा मागप्रति सबैको ध्यानर्कषण भएको छ’ । यसले जिल्लाका प्राथमिक योजनलाई केन्द्रमा पु¥याउन भुमिका खेलेको छ’ पार्टी सभापति रेशमबहादुर बानियाँले भने ।