सवस्टेसनको निर्माणमा स्थानियको सहयोग

म्याग्दीको दानामा निर्माण हुने २२० केभी विद्युत प्रसारण लाइनको सबस्टेसन निर्माण प्रक्रियामा स्थानियले सहयोग गरेपछि निर्माण प्रक्रियाले गति लिने संकेत देखिएको छ ।

सवस्टेसनले जिल्लाको आर्थिक क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने तथा प्रत्येक्ष अवसर मिल्ने भन्दै स्थानियले कुनै अवरोध नगर्ने प्रतिवद्धता जनाएको आयोजना प्रमुख राष्ट्रभुषण प्रधानले बेनीअनलाइनसँग बताए । ‘पहिलो चरणका काम सम्पन्न भइसकेको छ’ । अव निर्माणको चरणमा प्रवेश गर्ने तयारी गर्दैछौ’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणमा अन्र्तरत विभिन्न जिल्लामा निर्माण भएका सवस्टेशनमा निशुल्क जग्गा समेत उपलब्ध गराएका प्रधानले प्रभावित क्षेत्रका बासिन्दालाई स्टेशन निर्माणपछिको फाईदाका बारेमा जानकारी गराएपछि विरोधमा देखिएकाले समेत सहयोग गरेका थिए । ‘केही दिनभित्र मुआब्जा वितरणका लागि सुचना सार्वजनिक गर्छौ’ प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बेनीअनलाइनसँग भने । ५० रोपनी जग्गाका लागि २ करोड ५३ लाख मुआब्जा तथा बर्षौ देखि उपभोग गर्दै आएको ५० रोपनी सरकारी जग्गालाई प्रतिरोपनी निर्धारित गरिएको मुल्यको २५ प्रतिशत क्षर्तीपुति वापत उपलब्ध गराउने सहमति भएको प्रजिय कार्कीले बताए ।

छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीको नारच्याङ गाविसमा निर्माणधीन ६५ मेगावाटको अपर कालीगण्डकी,४२ मेघावाट क्षमताको मिरिस्टीखोला, चार मेघावाटको घलेम्दीखोला, र ८.३ मेगावाटको घारखोला लगायत निर्माणको अध्यायन गरिरहेका अन्य अन्य जलविद्युत् आयोजनालाई लक्षित गर्दै २०७४ सालभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

सवस्टेशन बन्ने निश्चित भएपछि नारच्याङमा निर्माणधिन अवस्थामा रहेका विद्युत आयोजनाले आफ्नो कामलाई तिव्रता दिएका छन् । ‘एकदशक भित्र यसक्षेत्रमा एक सय मेगावाट विद्युत उत्पादन हुन्छ’ घलेम्दी हाईडो लिमिटेडका प्रवन्धक निर्देशन प्रमोद श्रेष्ठले भने । जिल्लाको उत्तरी क्षेत्र निजी तथा सरकारी लगानीमा जलविद्युत गृह निर्माण भइरहेको छ । दानमा रहेको सवस्टेशन पर्वतको खुर्कोटमा रहेको स्टेशनमा जडान गरिने छ। हरिकृष्ण गौतम