धौलागिरी अञ्चलकै प्रख्यात पर्वतको दुर्लुङकोटमा पर्यटन प्रवद्र्धनका लागि महायज्ञ सञ्चालन गरिएको छ । पर्वत जिल्लाको सदमुकाम कुश्माबजारसँगै जोडिएको दुर्लुङ्ग गाविसमा अवस्थित दुर्लुङ्गकोटको भौतीक तथा पर्यटन विकासका लागि उक्त महायज्ञको आयोजना गरिएको हो ।
चैत्र २६ गतेबाट शुरु भएको महायज्ञमा हालसम्म १ करोड रकम संकलन भएको आयोजकले जनाएको छ । पर्वत जिल्लाका शिवालय, चुवा, दुर्लुङ्ग, पाङ, खुर्कोट, क्याङ गाविसको साझा कोटको रुपमा रहेको भुमेकोटमा नियमीत पुर्जाकर्म गर्ने र भौतीक संरचना निर्माण गर्नुका साथै पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार र विकास गर्नका लागि महायज्ञ लगाइएको हो ।
महायज्ञमा सवैभन्दा बढि महायज्ञ मुल आयोजक समितिका संयोजक सुकबहादुर गुरुङको परिवारले १० लाख ७५ हजार ५ सय ६५ रुपैया नगद प्रदान गरेका छन । सोहि परिवारले १० लाख रुपैया बराबरको जग्गा समेत दान गरेका छन् । जग्गा र नगद गरी २० लाख ७५ हजार ५ सय ६५ रुपैया पुगेको हो । त्यस्तै दुर्लुङ्ग–७ का आइबहादुर विकको परिवारले ३ लाख बरारबरको जग्गा दान गरेका छन् ।
भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमद्धारा संगीतमय प्रवचन गरिएको महायज्ञमा पर्वत जिल्लाका अधिकांस गाविसका साथै पोखरा, काठमाडौबाट समेत कथा सुन्न र दान गर्नका लागि आएको आयोजकको भनाई छ । सन्तोष थापा