धौलागिरिका ४ जिल्लामा ५ सय ६७ मेगावाट विद्युत उत्पादनका लागि विभिन्न उत्पादन कम्पनीहरु इच्छुक भएका छन् । नेपाल सरकार र विभिन्न नीजि क्षेत्रका कम्पनीहरुले धौलागिरिका म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ जिल्लामा पर्ने विभिन्न खोला तथा नदीहरुबाट ५ सय ६७ मेगावाट विद्युत उत्पादनका लागि अनुमति माग गरेका छन् ।
नेपाल सरकार उर्जा मन्त्रालय उर्जा विकास विभागले केही उत्पादन कम्पनीहरुलाई उत्पादनका लागि अनुमति प्रदान गरिसकेको छ भने त्यो भन्दा बढी उत्पादनका लागि निवेदन दिएका कम्पनीहरु रहेका छन् । प्राप्त तथ्याङ्क अनुसार उर्जा विकास विभागले धौलागिरिका ४ जिल्लामा ७ नीजि क्षेत्र र एक नेपाल विद्युत प्राधिकरणबाट १ सय ३६ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने गरी लाइसेन्स प्रदान गरिसकेको छ ।
जसमा नीजि क्षेत्रको मनाङ ट्रेड लिंक कम्पनीले पर्वतमा पर्ने मोदीखोलामा २० मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला जलविद्युत परियोजना निर्माण कार्यलाई तिब्र रुपमा अघि बढाएको छ भने मध्यमोदी हाइड्रोपावर लिमिटेडले १५ दशमलव १ उत्पादन क्षमताको मध्यमोदी जलविद्युत परियोजना सञ्चालनमा ल्याउने अनुमति लिएको छ । २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत परियोजनाका निर्देशक पवन यादवले सुरुङ निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।
२०७१ बैशाख २० गते बेलुकी ७ वजे सन्तोष थापा