बेनीअनलाइन डेक्स
म्याग्दीको शिख गाविस स्थित खोप्रालेकमा रहेको सामुदायिक लजको क्षमता विस्तार गरिएको छ । जिल्लाको पर्यटकीय गन्तब्य समेत रहेको खोप्राको भ्रमणमा आउने आन्तरिक तथा बाह् पर्यटक बढ्न थालेपछि डाइनिङ हल, आवासगृह थप गरिएको खोप्रा सामुदायिक लज ब्यवस्थापन समितिका कोषाध्यक्ष भिम तिलिजाले बेनीअनलाइनलाई बताए ।
‘आन्तरिक भन्दा बिदेशी पर्यटक धेरै आउँछन’। ब्यवस्थित पुर्वाधार नहुदाँ खुल्लाचौरमा रात विताउन बाध्यता समेत थियो’ तिलिजाले भने । समाजिक कार्यकता महाविर पुनको सक्रियतामा २०५५ सालबाट सञ्चालन भएको लजमा २० बेड क्षमताको भवन रहेको छ । करिव २० लाखको लागतमा पुर्वाधार विस्तार गरिएको छ ।
महाविरको बेतारे इन्टरनेटको राजधानी समेत भनेर चिनिने खोप्रा बाट म्याग्दी र मुस्ताङका विभिन्न क्षेत्रमा बेतारे इन्टरनेट विस्तार भइरहेको छ । लजले पोखरेबगर– पाउद्धार–लहरेनी–खोप्रा हुदै खयरबराह क्षेत्रसम्म जाने पदमार्ग समेत ब्यवस्थित बनाउन लगानी गरेको छ । ‘बस्ने ठाउँ र हिढ्ने बाटो भएपछि प्राकृतिक आन्नदमा रमाउने पर्यटक खुसी हुन्छन्’ पाउद्धारका समाजसेवी रुद्धबहादुर पुनले भने । एक पर्यटकले कम्तिमा ३ हजारसम्म खर्च गर्ने गरेको लज ब्यवस्थापन समितिले जनाएको छ ।
लजको आम्दानी हिमाञ्चल उच्च मावि राम्चे नाँगी र पाउद्धार मावि शिखलाई सहयोग गर्ने गरिएको छ । स्थानिय समुदायलाई पर्यटन क्षेत्रमा आर्कषित गर्न तथा विद्यालयलाई लगानी गर्न नागी, मोहरेडाँडा, डाँडाखर्क, टिकोट तथा पर्वतको बाँसखर्क र डाँडाकटेरीमा सामुदायिक लज सञ्चालन भइरहेको छ ।