मूलपानीमा निर्माण हुन लागेको क्रिकेट खेल मैदानलाई आर्थिक सहयोग गर्न दुबईको मुसल्ला टावरमा ‘सत्यस्वरुप लाइभ इन दुबई’ आयोजना गरिने भएको छ।
मूलपानी इन्डोर क्रिकेट ग्राउन्ड निर्माण एकाइ समितिले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी निर्माण गर्न लागिएको क्रिकेट खेल मैदानलाई सहयोग गर्ने उद्देश्यले यही मे ३० मा दुबईमा गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको साथमा ‘सत्यस्वरुप लाइभ इन दुबई’ साङ्गीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ।
गायक स्वरुपराज आचार्यले भने, “नेपालमा क्रिकेट मैदानको अभाव भइरहेको अवस्थामा निर्माण हुन लागेको मैदानलाई पूर्ण रुपमा सफल बनाउन कार्यक्रमबाट सङ्कलन गरिएको सबै रकम आयोजकलाई हस्तान्तरण गरिने छ।” क्रिकेट खेललाई प्रोत्साहन गर्ने हेतुले आफूहरुले कुनै पनि रकम नलिई सो कार्यक्रममा भाग लिन लागेको उनको भनाइ थियो। रासस