आगामी माघमा संबिधान बन्छ– सभासद शर्मा

संविधानसभा सदस्य नवराज शर्माले २०७१ माघ महिनाभित्र संबिधान निर्माण कार्यले पूर्णता पाउने बताएका छन् । १२५ औ अन्तराष्ट्रिय श्रमिक दिवस दिवसको अवसरमा बिहीबार बेनीमा पेशागत महासंघ र जिफन्ट म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीबाट प्रत्यक्षतर्फ निर्वाचित सभाषद् शर्माले संबिधान सभाको कार्यतालीका अनुसारनै संबिधान निर्माण प्रक्रिया सुरु भएको जानकारी दिए ।

संबिधानसभा भित्र विषयगत समितिहरुको गठन भैसकेकाले संबिधानसभा संबिधान निर्माण कार्यमा केन्द्रित भएको सभाषद् शर्माले बताए । विगतको संबिधानसभाले गरेको कामलाई अपनत्व ग्रहण गर्दै बिवादीत विषयहरुमा छलफल केन्द्रित हुने भएकोले संबिधानसभा सुरु भएको एक वर्षमा नयाँ संबिधान बन्ने सभाषद् शर्माले दावी गरे । ‘राजनितिक नेतृत्व पनि संबिधान निर्माणको विषयमा जिम्मेवार र सकारात्मक भएर लागेका छन्’ सभासद् शर्माले भने आगामी संबिधानमा मजदुर, श्रमीक लगायत पछाडि परेको वर्गको अधिकार सुनिश्चित गरीने छ ।
???????????????????????????????

सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सामाजिक सुरक्षा कोषको रकम मजदुरको हितमा परिचालन गर्नुपर्ने बताउदै समाजमा श्रमको सम्मान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा क्युपेक नेपालकी केन्द्रिय महिला विभाग सदस्य देवी राई, युवासंघका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुबिरकुमार श्रेष्ठ, क्युपेक म्याग्दीका अध्यक्ष रमेशकुमार राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिफन्ट म्याग्दीका अध्यक्ष गोपाल रिजालको अध्यक्षता र पेशागत महासंघका बालकुमार रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिफन्टका सचिव राजकुमार राईले स्वागत गरेका थिए ।श्रमीक दिवसको अवसरमा सदरमुकाम बेनीमा बाजागाजा सहित ¥याली समेत निकालीएको थियो । सन्तोष गौतम