नेपालले मलेसियामा जारी एसीसी पि्रमियर क्रिकेटमा युएईलाई पराजित गरेर विजयी सुरुवात गरेको छ । युएईले दिएको १९२ रनको लक्ष नेपालले ३९.५ ओभरमा ६ विकेटको क्षतिमा भेटाएको थियो । खेलको पहिलो दिन नै नेपालले पाएको यो सफलताबाट नेपाली दर्शकहरु उत्साही देखिएका छन् ।
एक सय ९२ रनको लक्ष्य पाएको नेपालले जवाफि व्याटिङ गरेकाे थियो । संयुक्त अरब इमिरेट्स युएई विरूद्धको खेलमा नेपालले ४८ दशमलब १ ओभरमा समेटेर एक सय ९२ रनमा सीमित पारेको थियो । टस हारेर व्याटिङको निम्तो पाएको टीम युएईका स्वप्नील पाटिलले ७६ रन बनाए भने, कृष्णचन्द्रन कराटेले ३६ र मोहम्मद साहजादले २५ रन जोडेका थिए ।
प्रतियोगितामा सोमपाल कामी र मेहबुब आलमले तीन तीन विकेट लिए भने शक्ति गौचनले २ र सागर पुनले १ विकेट हात पारे । नेपालले चौथो ओभर जारी रहँदा पहिलो विकेट लिएको थियो । पहिलो विकेट जाँदा युएईको १५ रन मात्र थियो ।
चिरप्रतिद्वन्द्वी युएई र नेपाल एसीसी प्रिमियर क्रिकेटमा सन् २०१२ मा भिडेका थिए । त्यसबेला नेपाल र युएईवीचको खेल बराबरीमा टुंगिएपछि संयुक्तरुपमा ट्रफी उचालेका थिए । सन् १९९८ यता नेपाल र युएई अहिलेसम्म ९ पटक भिडेका छन् । जसमा युएईकै पल्लाभारी रहदै आएको छ । नेपालविरुद्ध युएईले ७ पटक जित हात पारेको छ भने नेपालले एक खेलमात्रै जितेको छ । एक खेल भने बराबरीमा टुंगिएको थियो ।
प्रिमियर लिग क्रिकेटमा सन् २०१२ मा युएइृमा भएको एसीसी ट्रफिमा शीर्ष ६ मा परेका देशले सहभागिता जनाएका छन् । राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालसँगै हङकङ, अफगानिस्तान, ओमान, मलेसिया र युएई सहभागि छन् । सन् १९९६ देखि गर्दै आएको एसीसी ट्रफि एलिटलाई नयाँ संरचनामा ढालेर एसीसीले एसीसी प्रिमियर लिग आयोजना गरेको हो ।