बेनीअनलाइन डेक्स
विभिन्न मन्त्रालयमा डेलिकेशन गएको विषयमा नेपाली काँग्रेस म्याग्दीमा तिव्र विवाद देखिएको छ । जिल्लाको विकास निर्माणका बारेमा ध्यानकर्षण गराउने उद्देश्यले सभापति रेशमबहादुर बानियाँको नेतृत्वमा गएको प्रतिनिधि मण्डका विषयमा पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसरमा टे«ड युनियन काँग्रेसले गरेको अन्र्तरक्रिया कार्यक्रममा नेत्र बहादुर महतले डेलिकेशनको औचित्य नभएको बताएका थिए । ‘डेलिकेशन केही ब्यक्तिको स्वार्थका लागि हो’ । यसले जिल्लालाई कुनै फाईदा हुर्र्दैन’ महतले भने ।
पार्टीका सचिव माधवप्रसाद रेग्मीप्रति लक्षित गरेर उनले भने अहिले मुहान फोहोर भएकाले खोला फोहोर भएको बताउँदै यसले पार्टीलाई असर गरिरहेको बताए । त्यस्तै महाधिवेशन प्रतिनिधि चिरनजिवी शर्माले संविधान सभामा पार्टी पराजय भएपनि अतिथि भएर हिड्नेहरूका कारण कार्यकर्ता निरास भइरहेको बताए ।
प्रधानमन्त्रीको कार्यालयमा पुगेका डेलिगेशन प्रतिनिधिको टोली
विना सहमति पार्टी कार्यालय ७० दिन बन्द गर्नु, महिनौसम्म कार्यसमितिको बैठक नबस्नुमा नेतृत्वको कमजोरी भएको बताएका थिए । पार्टीभित्रको विवाद सार्वजनिक कार्यक्रममा पोखिएपछि कार्यक्रममा सहभागिता जनाउन आएका कार्यकर्ताले आलोचना गरेका थिए । ‘कुन ठाउँमा के कुरा गर्नुपर्छ भन्ने थाहाँ छैन’ । नेताको केटाकेटीपनले पार्टीले लक्ष्य अनुसार सफलता पाउन सकेन्’ एक कार्यकताले बेनीअनलाइनलाई भने । कार्यक्रमका विशिष्ट अतिथि पार्टी सचिव रेग्मीले आरोपको खण्डन गर्दै द्धन्द्धकालिन समयमा पार्टीबाट भाग्नेहरूलाई कार्यकर्ताले ठेगान लगाईसकेको बताए ।
कोही आफ्नो स्वार्थ पुरा गर्न अर्को पार्टीमा गए, कोही गाविसबाट पार्टी प्रतिनिधि समेत भएर आउँन डराए’ रेग्मीले भने । सचिव रेग्मीले मुहान थुनेर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेलाई आगामी दिनमा थप क्षती हुने चेतावनी समेत दिए । उनले पार्टी र जिल्लाको हितविपरित रहेकालाई जनताले निकट भविश्यमै तह लगाउने समेत बताए । काँग्रेसको कार्य समितिको बैशाख १२ गते बसेको बैठकले जिल्ला परिषद्बाट प्रस्तावित गरिएको योजनाहरूका विषयमा पार्टीसँग सम्बन्धित मन्त्रालयमा गएका छन् ।
पार्टी सभापति बानियाँको नेतृत्वमा गएको टोलीमा उपसभापती खमविर गर्वुजा,सदस्य अमृतदेवि बानीयाँ, त्रिलोकचन्द विश्वास विक, महाधिवेसन प्रतिनिधि विर वहादुर केसी, सल्लाहकार विमला गौचन, म्याग्दी – काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष केवि भण्डारी, उपाध्यक्ष कमानसिंह पुन, आमन्त्रीत्र सदस्य चित्र वहादुर केसी, जिवन मल्ल, याम कुमारी केसी, विपिन खड्का र मनोज कार्की लगायत सहभागी रहेको छ ।