बेनीअनलाइन डेक्स
मे १ अर्थात एक सय २५ औ अन्तरराष्ट्रिय मजदुर दिवसको अवसरमा म्याग्दीमा समेत विविध कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस सर्मथित नेपाल टे«ड यूनियन काँग्रेसले गरेको कार्यक्रममा बोल्ने बक्ताले मजदुरको आधारभुत अधिकार संविधानमा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।
श्रमिक अधिकार सहितको संविधान बनाउन नसकिए मजदुरले आन्दोलनको आधिबेरी ल्याउने भन्दै बक्ताले राज्यले मजदुरको न्यूनतम अधिकार समेत पुरा गर्न नसकेको बताएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका पुर्व सभापति डाक्टर भुपेन्द्रबहादुर खड्का, पार्टी सचिव माधवप्रसाद रेग्मी, महाधिवेशन प्रतिनिधि नेत्र महत लगाएतले मजदुरलाई प्रयोग मात्रै नभई सुविधा र अधिकार समेत प्रदान गर्नुपर्ने बताएका थिए ।
नेपाल टे«ड यूनियन काँग्रेसका अध्यक्ष दुर्गाराम सुबेदीको अध्यक्षता, उपाध्यक्ष चिरनजीवि बोगटीको स्वागत र सचिव कमल ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो । दिवसको अवसरमै जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल समेत वितरण गरिएको थियो । त्यस्तै नेकपा एमाले सर्मथित जिफन्ट नेपाल र पेशागत महासंघले शक्ति प्रर्दशन सहित मजदुर दिवस मनाएको छ । सदरमुकाम बेनीबजारमा बजागाजा सहित परिक्रमा पछि जिविस सभाहलमा आयोजित कार्यक्रमको संविधान सभाका सदस्य नवराज शर्माले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठ, युवासंघका केन्द्रिय सदस्य कृष्ण विश्वकर्मा लगाएत विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्ष जिफन्ट म्याग्दीमा अध्यक्ष गोपाल रिजाल, स्वागत सचिव राजकुमार राई र सञ्चालन नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बालकुमार रोकाले गरेका थिए । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।