पर्वतबाट बैदेशिक रोजगारीमा गएका व्यक्तिहरुबाट बर्षिक पाँच अर्ब रेमिट्यान्स भित्रिने गरेको छ । बढ्दो बैदेशिक रोजगारीसँगै भित्रिने गरेको रेमिट्यान्सका कारण पर्वत जिल्लाबासीहरुको आर्थिक आत्मनिर्भरता समेत बढेर गएको छ ।
स्वदेशमा रोजगार विहीन अवस्था सिर्जना हुँदै गएपछि विभिन्न मुलुक गएका झण्डै २२ हजार जनाबाट प्राप्त गर्ने तलव र जिल्लामा क्रियाशील मनी ट्रान्सफरहरुले दिएको तथ्यांक अनुसार बार्षिक पाँच अर्ब भन्दा बढी रेमिट्न्यास भित्रिने गरेको खुलेको हो । रेमिट्यान्स भित्रिने क्रम पनि बढ्दै गएको जिल्ला बिकास समितिका सूचना अधिकृत तुलसीराम शर्माले जानाकारी दिए ।
पर्वत स्वदेशका बिभिन्न पेशा व्यायावसाय भन्दा बेदेशिक रोजगारबाट आत्मनिर्भर हुन थालेको रेमिट्यान्सको दर पनि बर्षेनी बढ्दै गएको सूचना अधिकृत शर्माले बताए । वैदेशिक रोजगारीमा जाने करीव २२ हजार मध्ये १९ हजार सातसय आठ पुरुष र एकहजार नौसय ५२ जना महिला रहेका छन् ।राजु पौडेल