भकिम्लीबासी भन्छन्,‘हामी नगरपालिकामा जान्छौ’

स्थानीय निकायको पुर्नसंरचनाको बहस चलिरहदाँ म्याग्दीको भकिम्ली गाविसका बासिन्दाले गाविसबाट नगरपालिकामा गाभिने चाहना ब्यक्त गरेका छन् । सदरमुकाम बेनीबाट करिव डेढघण्टामा यातायातको साधनको प्रयोग गरेर समेत पुगिने गाविसका अधिकांसले नगरपालिकामा समावेश हुन आवश्यक प्रक्रिया सुरू गर्न समेत अनुरोध गरेका छन् । IMG_9194

आलु आर्थिक बर्षको अन्त्यमा गाविसले आयोजना गरेको राजनीतिक दल, स्थानीय समाजसेवी सहित सरोकावाला निकायको बैठकमा समेत प्रशासनीक देखी हरेक गतिविधिहरू सदरमुकाम बेनीमै हुने भएकाले गाउाँपालिका भन्दा नगरपालिका गाविसबासीका लागि अनुकुल हुने बताएको गाविस सचिव शिव प्रसाद शर्माले बताए । ‘यसमा बहस चलिरहेको छ । धेरैले नगरपालिकाकै पक्षमा सहमति जुटाउन अनुरोध गर्नुभएको छ’ शर्माले भने । नयाँ संविधानले गाउपालिका र नगरपालिकाको ब्यवस्था गरेपछि तीनवटा गाविस गाभेर गाउपालिका बन्दा बावियाचौरमा जानुपर्ने अवस्था देखिएपछि तत्कालै नगरपालिकामा जाने निर्णय गर्नुपर्ने भकिम्लीका दुर्गाराम सुबेदीले बताए ।
स्थानीयबासी नै नगरपालिका तर्फ आर्कषित भइरहेको अवस्थामा दिर्घकालिन फाईदा गाउभन्दा नगरपालिका हुने भकिम्लीबासीको भनाई छ । छिमेकी ज्यामरुककोट र सिंगा नगरपालिकामा समावेश भएपनि विगतमा राजनीतिक दलका स्वार्थको कारण नगरपालिकाबाट बन्चित भएकाले यसपटक समेत त्यो अवसर गुम्न सक्ने तर्फ सचेत हुनुपर्ने भकिम्ली डोलेका यूवा कृष्ण थापा मगरले बताए । ‘हामीलाई बेनीभन्दा अर्को ठाउँमा प्रशासनीक काम गर्न सकिदैन । सबै वडा नगरपालिकामा गाभिने सक्ने अवस्थाका छन’ उनले भने ।
गाविसका धेरैजसो वडामा सडक, विद्युत, स्वास्थ्य, शिक्षा सहित आधारभुत सुविधाहरु विस्तार भइसकेको अवस्थामा गाउपालिकामा आर्कषित हुनेलाई समेत सम्झाउन आवश्यक रहेको उनले बताए । गाविसस्तरमा रहेका राजनीतिक दलका नेताहरूले समेत नगरपालिकामा मौखिक सहमति जनाइसकेका छन् । गाविस धार्मिक, पर्यटक तथा कृषि, पशुपालनको क्षेत्रमा समेत सम्भावनयुक्त मानिन्छ । ७ सय ५४ घरधुरी रहेको गाविसमा ३७ सय जनसंख्या रहेको छ । नगरपालिकामा समावेश गरिए स्वर्गाआश्रम, बेलढुंगालाई पर्यटकीय स्थल बनाउन सकिन्छ भने बाख्रापालन र सुन्तलाको पकेट क्षेत्रलाई समेत विस्तार गर्न सकिन्छ । हरिकृष्ण गौतम